८ हजार ३०५ जना संक्रमित थपिए, १९० को मृत्यु

काठमाडौं,जेठ,६-गत २४ घण्टामा नेपालमा ८ हजार ३०५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।२२ हजार ८७ जनाको परीक्षण गर्दा सो संख्यामा संक्रमित भेटिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

जसमा २१ हजार ६९५ जनाको पीसीआर गर्दा ८ हजार २२७ र ३९२ जनाको एन्टिजेन परीक्षण गर्दा ७८ जनामा संक्रमण पुष्टि भएको हो।

स्वास्थ्य मन्त्रालयका अनुसार आज १९० जनाको ज्यान गएको छ। यो सँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५ हजार ८४७ पुगेको छ।

आज ६ हजार ५४३ जना संक्रमणमुक्त भएर फर्किएका छन्।हालसम्म ४ लाख ८८ हजार ६४५ जना संक्रमित भएकोमा ३ लाख ६६ हजार ९४६ जना संक्रमणमुक्त भइसकेका छन्।