थप ३६० जना कोरोना संक्रमित थपिए: संक्रमितको संख्या २१,७५० जना पुग्यो

काठमाडौं,साउन,२२-नेपालमा कोरोना भाइरसको संक्रमणबाट अहिलेसम्म ६५ जनाको मृत्यु भएको छ ।पछिल्लो २४ घण्टामा ७ जना मृतक थपिएसंगै मृतकको संख्या ६५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वोर गौतमले जानकारी दिनुभयो ।

अहिलेसम्म २१ हजार ७ सय ५० जना कोरोना संक्रमित भएका छने ।पछिल्लो २४ घण्टामा ३ सय ६० जना नयाँ संक्रमित थपिएसंगै कूल संक्रमितको संख्या २१ हजार ७ सय ५० पुगेको हो ।जसमा काठमाडौं उपत्यकामा अहिलेसम्मकै उच्च ८७ जना थपिएका छन् ।

६ हजार २ सय ९६ सक्रिय संक्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा दुई सय ३३ जना कोरोना भाइरसबाट निको भएर घर फर्केका छन् ।हालसम्म १५ हजार ३ सय ८९ जना कोरोना भाइरसबाट मुक्त भएका छन् ।

पछिल्लो २४ घण्टामा ६ हजार ६ सय २२ जनाको मात्र पीसीआर परीक्षण भएको छ ।हाल ६ हजार २ सय ९६ जना आइसोलेसनमा रहेका छन् । ९ हजार ४ सय ७० जना क्वारेन्टिनमा छन् ।

यसैबीच मन्त्रालयले कुनै पनि कार्यालयमा सभा, गोष्ठी बन्द गर्न निर्देशन दिएको छ ।त्यस्तै स्वाब संकलन भएका व्यक्तिले रिपोर्ट नआउन्जेल अनिवार्य क्वारेन्टिनमा बस्न पनि अनुरोध गरिएको छ ।मन्त्रालयले चाडपर्वको मापदण्डसमेत जारी गरेको छ ।