डडेल्धुरामा ब्रेक फेल भएर बस पल्टियो,२ बालबालीका सहित १६ जना घाइते

डडेलधुरा,असोज,२६-धनगढीबाट बाजुरा जाँदै गरेको बस आज विहान डडेल्धुराको केआईसिंह  राजमार्गअन्तर्गत अमरगढी नगरपालिका–१० राई बजार नजिकै दुर्घटना हुँदा १६ जना घाईते भएका छन ।

ना ७ ख १७४ नम्बर बस दुर्घटना हुँदा आठ पुरुष, सात महिला र दुई बालबालिका घाइते भएका हुन् ।

बसमा ५०/६० जना यात्रु सवार रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।

घाईतेहरुको डडेल्धुरा अस्पतालमा उपचार भैरहेको छ ।बस ब्रेक फेल भएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक महेन्द्र नेपालले जानकारी दिनुभयो।

बसमा सामान्य घाइतेको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको उहाँले बताउनुभयो। रासस