प्रादेशिक महोत्सवको आज तेस्रो दिन

राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुतीहरु रहने

बाँके,माघ,१३-

बाँकेको नेपालगंजमा जारी प्रादेशिक महोत्सवको आज तेस्रो दिन पनी राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुतीहरु रहने छ ।

महोत्सवमा आजको आकर्षक प्रस्तुतीको रुपमा राष्ट्रिय लोक तथा दोहारी गायक राजन राज सिवाकोटी, सज्जन धामी , यस्तै हास्य कलाकार केदार घिमिरे ( माग्ने बुढा ) को विजोड प्रस्तुती रहने आयोजकले जनाएको छ । आज शनीबार परेको हुनाले पनी दर्शकहरुको उल्खनीय सहभागीता रहने आँकलन गरिएको छ । 

हिजो शुक्रबार अर्थात महोत्सवको दोस्रो दिन राष्ट्रिय कलाकारु प्रमोद खरेल, सुगम पोख्रेल, द कार्टुन क्रुज तथा अमेरिकि ब्याण्ड Aisha Fukushima को वेजोड प्रस्तुती रहेको थियो । 

(अमेरिकी ब्याण्ड Aisha Fukushima को वेजोड प्रस्तुतीको भिडीयो हेर्नुहोस् )

महोत्सवमा २६० व्यवसायी स्टल अर्थात ५ वटा कृषि, ४ वटा जडिबुटी १४ वटा अटोमोबाईल २२ वटा रेष्टुरेन्ट १६ वटा विदेशी स्टल सहित कुल ३ सय २१ स्टल रहेको छ ।  ३ लाख बढीले महोत्सवको प्रत्यक्ष अवलोकन गर्ने अपेक्षा राखिएको महोत्सवमा ६ करोड भन्दा  बढीको  कारोबार हुने आयोजकको लक्ष्य रहेको छ । 

महोत्सवलाई व्यवस्थीत रुपमा संचालन गराउन दर्शकहरुको सुरक्षालाई मध्यनजर गर्दै महोत्सव परिसरमा २४ वटा सिसि टिभी क्यामेरा पनी जडान गरिएको छ । यहि माघ ११ गतेबाट सुरु भएको महोत्सव माघ २२ गते सम्म संचालन हुनेछ ।