माओवादी बैठक लम्बियोः इन्चार्जको रिपोर्टिङ जारी

काठमाडौं,साउन,५-

नेकपा माओवादी केन्द्रको सचिवालय सदस्य र जिल्ला इन्चार्जसहितको विस्तारित बैठक लम्बिएको छ । हिजै सम्पन्न हुने भनिएको बैठकमा जिल्ला इन्चार्ज तथा सचिवालय सदस्यहरुको रिपोर्टिङ नसकिएकाले बैठक लम्बिएको हो ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाडामा सोमबारदेखि सुरु भएको बैठक आज पनि बस्न लागेको माओवादी केन्द्रले जनाएको छ । बैठकमा आजपनि जिल्ला इन्चार्ज तथा सचिवालय सदस्यहरुको रिपोर्टिङ गर्ने कार्यसूची रहेको छ ।

साथै बैठकमा स्थानीय निर्वाचनको समिक्षा र आगामी निर्वाचको तयारीका विषयमा पनि छलफल हुने केन्द्रिय सदस्य दिपेन्द्र कुमार पुनले जानकारी दिनुभयो ।

इन्चार्जहरुको रिपोर्टिङपछि पार्टी अध्यक्ष पुष्पकमल दाहालले बैठकको निष्कर्ष प्रस्तुत गर्ने र आजै बैठक टुङग्याईने उहाले बताउनुभयो ।