विचार-सबैले सभ्य नागरिकको परिचय दिउ : अशोक सेढाई

फुकुओका,जापान,बैशाख,१४-कोरोना भाइरस (कोभिड-१९) को महामारी अहिले विश्वभर फैलिएको छ।जस मध्ये धेरै मुलुकहरू प्रभावित बनेका छन्।यसबाट जापान पनि अछुतो रहन सकेन।जापानमा हालसम्म १४ हजार बढीमा कोरोनाको संक्रमण पुष्टि भइसकेको छ भने ३ सय ७४ जनाको मृत्यु भइसकेको छ।

अशोक सेढाई-फुकुओका नेपाल सोसोईटी“सदस्य”

मेरो कर्मथलो फुकुओका,जापान हाल म छुट्टी मा नेपाल छु।नेपाल लकडाउन को अवस्था मा छ,सरकरले गरेको निर्देशन सबै जनताले पालना गरिराखेको छन्।जसले गर्दा पनि संक्रमण धेरै फैलिन पाएको छैन।

अब लागौ जापान तिर जापान सरकर ले पनि मे ३१ तारिक सम्म संकटकाल घोषणा गरेको छ।हरेक तर्फ बाट आफ्नो जनता र जापन मा रहनु हुने सबैलाई सजक एबम आबस्यक सहयोग प्रधान गरिराखेको छ।जनजिबन लाई असर पर्छ भनेर हरेक छेत्र मा राहत प्याकेज पनि घोषणा गरेको छ।कोरोना भाइरसको संक्रमणलाई ध्यानमा राख्दै जापान सरकारले आफ्ना नागरिकहरूलाई हिँड्डुल सिमित गर्न भनेको छ।

जापनी नागरिक सचेत रहेको र बिदा दिन घर मा बसेर दिन काटिरहेको समाचार जापानिज अन्नलाईन् पोर्टलहरुमा आइराखेका छन्।कुरा रह्यो नेपाली समुदाय को यो महामारी को समय मा थप सजक रहेर त्यहाँ को नियम पालना गर्नु हाम्रो दहित्यो हो।तर हिजो आज आफुले काम गर्ने कम्पनीहरु बन्द भएको भन्दै हुल बटुलेर घुमफिर मा लागेको, होम पार्टी, सेलिब्रेसन, हाईकिङ्ग, अनावश्यक हिडडुल सामाजिक संजाल हरु मा देख्न सकिन्छ।जापानी समुदाय सजक छ।

जापान मा रहेका नेपाली संघ संस्था ले पनि सचेतना मुलक सूचना प्रभाहा र आवश्यक सहयोग गरिराखेखा छन् ।हामीले गरेको कृयाकलाप ले प्रत्यक्ष रुपमा स्वयं आफुलाई,आफु रहेको समुदाय र सिंगो देशलाई नै पर्ने सक्ने असर बारे सोच्नु आवश्यक छ।संगसगै भोलि को नतिजाले नेपाली समुदाय मा पर्ने नकारात्मक असर धेरै महँगो पर्ने छ।एकपटक सोच्नु होस्।

किनकी यो रोग नै यस्तै छ र उपचार पनि हाल सम्म नरहेको अवस्था मा सामाजिक दुरी कायम गरी सहज रहनु बाहेक विकल्प छैन। आवश्यक तयारी पुरा गरि रहनुहोस,सजक रहु यो विश्वव्यापी महामारी झैँ फैलियको कोरोना भाइरस बाट आफु पनि बचौ र अरुलाई पनि बचाई सभ्य नेपाली नागरिक को परिचय दिऊ।
धन्यवाद !!

  असोक सेढाई
     फुकुओका नेपाल सोसाईटी
“सदस्य”