जापानमा १४ हजार १३१ जना संक्रमीत, मृतकको संख्या ३८४ पुग्यो

जापान,बैशाख,१५-जापानमा कोरोना भाइरस (कोभिड–१९) का कारण आईतबार बिहान सम्म ३ सय ८४ जनाको मृत्यु भएको छ । एकै दिन १२ जनाको निधन भए संगै मृतकको संख्या ३८४ पुगेको हो ।

एकै दिन नयाँ २०५ जनामा संक्रमित देखिएको छ ।अहिले सम्म जापानमा कोरोना भाईरस संक्रमितको संख्या १४ हजार १ सय ३१ जना पुगेको छ।पछिल्लो तथ्यांक अनुसार निको हुनेको संख्या ३ हजार ४ सय ६४ जना उपचारपछि निको भएर घर फर्केका छन् । एकै दिन १ सय ५३ जना निको भएका थिए |

सोमबार बिहान सम्म जापानका विभिन्न ठाँउ, साईतामा, खानागावा, फुकुओका, टोयामा केनमा एक एक जना यस्तै गुन्मा, ओसाका केनमा दुई दुईजना त्यसैगरी चिबा केनमा ४ गरी १२ जनाको एकै दिन निधन भएको थियो ।

अहिले सम्म जापान देश भित्रमात्र कोरोना भाईरस लागेका १३ हजार २ सय ५७ जना संक्रमीत छन्,भने ३ सय ७२ जनाको ज्यान गईसकेको छ । यस्तै पानीजहाजमा ७१२ जना संक्रमीत जापानीज नागरिक रहेका छन् । त्यहाॅं १२ जनाको ज्यान गईसकेको छ । यस्तै हवाईसेवाबाट जापान आउदा १४ जना जापानीज नागरिक लाई संक्रमण देखिएको थियो ।यसैबिच नागासिकी क्रुज जहाजमा चार्टर विमानबाट फर्केका १४८ जनामा पनी कोरोना भाईरसको संक्रमण देखिएको छ ।

जापानको ४७ (केन) मध्य ४६ (केनमा) कोरोना भाइरसको संक्रमण देखिएको छ । अहिले सम्म जापानको कुन (केनमा) कती संक्रमित व्यक्ति छन् ।

१. होक्काईदो केनमा संक्रमित: ६१० मृत्यु: २५ जना
२. आवमोरी केनमा संक्रमित: २२ जना, मृत्यु: ०
३. मियागी केनमा संक्रमित: ८५ जना,मृत्यु: ०
४.आकिता केनमा संक्रमित: १५ जना,मृत्यु: ०
५.फुकुसिमा केनमा संक्रमित: ६९ जना, मृत्यु: ०
६.ईबाराकि केनमा संक्रमित: १६१ जना, मृत्यु: जना
७.तोचिगी केनमा संक्रमित: ५४ जना, मृत्यु: ०
८. गुन्मा केनमा संक्रमित: १४१ जना, मृत्यु: १४ जना
९.साइतामा केनमा संक्रमित: ८१७ जना, मृत्यु: २५ जना
१०.चिबा केनमा संक्रमित: ८०८ जना, मृत्यु: २६ जना
११.टोक्योमा संक्रमित: ३९०८ जना, मृत्यु: १०० जना
१२.खानागावा केनमा संक्रमित:९५५ जना,मृत्यु: २६ जना
१३.निईगाता केनमा संक्रमित: ७० जना, मृत्यु: ०
१४.ईसिगावा केनमा संक्रमित: २२९ जना, मृत्यु: जना
१५.फुकुई केनमा संक्रमित: १२१ जना, मृत्यु: जना
१६. यामानासी केनमा संक्रमित: ५२ जना, मृत्यु: ०
१७.नागानो केनमा संक्रमित: ६६ जना, मृत्यु: ०
१८.गिफु केनमा संक्रमित: १४९ जना, मृत्यु: जना
१८. सिजुओका केनमा संक्रमित: ६३ जना, मृत्यु: ०
२०.आईची केनमा संक्रमित: ४७३ जना, मृत्यु: ३१ जना
२१.मिए केनमा संक्रमित: ४४ जना, मृत्यु: जना
२२. सिगा केनमा संक्रमित: ९४ जना, मृत्यु: १ जना
२३. क्योउतो केनमा संक्रमित: २९४ जना, मृत्यु: जना
२४.ओसाका केनमा संक्रमित:१४९१ मृत्यु:३० जना
२५. हियोउगो केनमा संक्रमित: ६२९ जना,मृत्यु:२४ जना
२६.नारा केनमा संक्रमित: ७३ जना,मृत्यु: जना
२७.वाकायामा केनमा संक्रमित: ५८ जना, मृत्यु: जना २८.ओकायामा केनमा संक्रमित: २२ जना, मृत्यु: ०
२९.हिरोशिमा केनमा संक्रमित: १४८ जना, मृत्यु: जना
३० यामागुची केनमा संक्रमित: ३१ जना, मृत्यु: ०
३१.तोकुसिमा केनमा संक्रमित: ५ जना, मृत्यु: ०
३२ खागावा केनमा संक्रमित: २८ जना, मृत्यु: ०
३३ एहिमे केनमा संक्रमित: ४७, मृत्यु: ३ जना
३४ कोउची केनमा संक्रमित: ७३ जना, मृत्यु: जना
३५.फुकुओका केनमा संक्रमित: ६११ मृत्यु:१६ जना
३६.सागा केनमा संक्रमित: ३७ जना, मृत्यु: ०
३७. नागासाकी केनमा संक्रमित: १०८ जना, मृत्यु: जना
३८. कुमामोतो केनमा संक्रमित: ४६ मृत्यु: जना
३९. ओइता केनमा संक्रमित: ६० जना, मृत्यु: जना
४० मियाजाकि केनमा संक्रमित: १७ जना, मृत्यु: ०
४१.खागोसिमा केन संक्रमित: १० जना, मृत्यु : ०
४२.ओकिनावा केनमा संक्रमित: १३७ जना, मृत्यु: जना
४३. टोयामा केन संक्रमित: १७८ जना, मृत्यु: जना
४४. यामागाता केनमा संक्रमित :६६ जना,मृत्यु:०
४५. सिमाने केनमा संक्रमित: २२,जना,मृत्यु:०
४६. तोत्तोरी केनमा संक्रमित: ३ जना,मृत्यु:०

पुनश्च : थप १२ जनाको पानी जहाजमा मृत्यु भएको थियो ।

बाँकि १ वटा केनमा कोरोना शुन्य रहेको छ । हामी निरन्तर अपडेट मा रहनेछौं।