निशान भट्टाराईको नयाॅं गित “मिलाउने दैव, छुटाउने दैव” सार्वजनीक

काठमाण्डौं बैशाख,९-निशान भट्टाराईको सुमधुर आवाजमा नयाॅं गित सार्वजनीक भएको छ ।नेपाल आइडलको मञ्चबाट उदाएका मोरंगका निशान भट्टराई अहिले ख्यातीप्राप्त गायक बनेका छन् उनको चर्चा निकै चुलिँदो छ ।

फाईल : तस्विर

निशान भट्टाराईको आवाजमा रहेको नयाॅं गित “मिलाउने दैव, छुटाउने दैव” अडियो युटुबमार्फत मंगलबार सार्वजनिक भएको छ । उक्त गितको शब्द गीतकार तिलक भट्टराईले लेखेका हुन् ।

गितमा चर्चित संगीतकार वसन्त सापकोटाले गितलाइ मिठो संगीत भर्ने काम गरेका छन् ।उक्त गितमा माया प्रेममा बिछोड हुॅंदाको क्षणहरुलाई गितमा दर्शाईएको छ । 

नेपाल आईडल पछि निशान भट्टाराईले नेपाली गित संगितमा आफ्नो छुट्टै पहिचाहान बनाउन सफल भएका छन् । एक पछि अर्को हिट गितहरु बजारमा ल्याएका छन् । उनले नेपाल आईडल पछि गाएका सुपर हिट गितहरु भुन्टी, मंसिर महिनामा, बरिलै, लाहुर जाने रेल, भिजीट भिषामा जस्ता थुप्रै गित गाएर अहिले दर्शक माझ लोकप्रिय कलाकार बनिरहेका छन् ।

उनले गाएको “भुन्टी” गितबाट उनले निकै सफलता हात पारेका थिए ।जुन गित युटुबमा ४ मिलेन भन्दा बढीले हेरिसकेकै छन् । त्यस्तै बरिलै लाहुर जाने रेल, भिजिट भिषामा बोलको गितले अत्याधीक दर्शकको मन जित्न सफल गायक भट्टाराईले अहिले फेरी नयाॅं गित “मिलाउने दैव छुटाउने दैव” बोलको गित को अडीयो बजारमा ल्याएर आएका छन् ।

यो गीतलाई बिपी मिडिया युटुब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।यस गितको छिट्टै म्यूजीक भिडीयो पनी सार्वजनीक गरिने बिपी मिडिया युटुब च्यानले जनाएको छ । 

(गित सुन्न दिएको लिकं क्लिक गर्नुहोस् ।)