नेपाल : लकडाउनको २९ औं दिन, संक्रमीतको संख्या ३२ पुग्यो

काठमाडौं,बैशाख,९- नेपाल सरकारले कोरोनाभाइरस रोकथामका लागी लागु गरेको लकडाउन मंगलबार २९ दिन पुगेको छ ।

फाईल तस्विर : सामाजीक संजालबाट साभार

कोरोनाभाइरस (कोभिड–१९) को रोकथामकालागि सरकारले गत चैत ११ गते यता लकडाउन गरेको थियो । लकडाउनका कारण  दैनिक जिवन प्रभावित बनेको छ । अत्यावश्क काम र सेवाहरु बाहेकका सबै क्रियाकलापहरु बन्द छन् । मंगलबार पनि संघीय राजधानी काठमाडौं लगायतका शहरका सडकहरुमा अत्यावश्यक सवारीसाधनहरु भने चलेको देखिएको छ ।

स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी, बैंकर लगायत अत्यावस्यक सेवामा कार्यरत कर्मचारीहरुका सवारी साधनहरु फाट्टफुट्ट चलेका छन् ।सरकारले वैशाख १५ गते सम्म लकडाउनको समय तोकेको छ ।नेपालमा अहिले सम्मको कोरोनाभाइरस संक्रमणमा परेका व्यक्तीहरुको संख्या ३२ पुगेको छ भने ४ जनालाई निको भइसकेको छ ।

यस्तै अहिले सम्म ८ हजार ४ सय १४ जनाको पीसीआर प्रविधिमार्फत कोरोनाभाइरस परीक्षण गरिएको छ । उदयपुर भुल्के मस्जिदमा रहेका १२ भारतीय सहित एक नेपालीमा कोरोना संक्रमण भएको पुष्टि भएसँग त्यस क्षेत्र मा बसोबास गर्ने थप आठ परिवारका घरमुलीको स्वाब परीक्षणमा कोराना पोजेटिभ पाइएको छ ।

आठ जनामा पहिलो पीसीआर परीक्षणमा पोजेटिभ देखिएकाले पुन पुष्टिका लागि स्वाब थप परीक्षण भइरहेको मोरङ जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख तथा प्रदेश १ कोभिड सूचना केन्द्रका प्रमुख ज्ञानबहादुर बस्नेतले बताउनुभयो।थप पुष्टिका लागि स्वाबलाई धरानस्थित बीपीकोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको उहाॅंले बताउनुभयो ।