जुनियर स्कुलको प्रिन्सेस परिना,ईसा र ईभालाई

काठमाण्डौं,बैशाख,१४-

सिजन मिडियाद्धारा आयोजना गरिएको सातौ चरणको अक्षरा जुनियर स्कुल प्रिन्सेस २०१८ को ताज समुह ए वाट परिना श्रेष्ठ,समुह वि वाट इसा थापा मगर र समुह सि वाट इभा गिरि ले ताज चुम्न सफल भएका छन ।

गत सोमवार राजधानीको नाचघरमा भएको अन्तिम प्रतियोगीतामा ७४ जना प्रतियोगीहरुलाई पछि पादै उनीहरुले ताज जित्न सफल भएका थिए भने  फष्ट रनरअप पुनीका श्री वस्नेत,सुवेक्षा श्रेष्ठ त्यसै गरि रिया गौतम भएका थिए भने सेकेन्ड रनरअपमा समृद्धि सिग्देल , समिया थापा र सिम्रन तुलाधर विजेता हुनुभएको थियो ।

उनीहरुले साइकल तथा मोवाइलफोनहरु उपहारहरु पाउएका छन् । साथै टप टेन विजेताहरुलाई पनि विभिन्न पुरस्कारहरु वितरण गरिएको थियो । साथै अन्य सव टाइटल विधामा पनि २५ जना सहभागीलाई वितरण गरिएको थियो ।