कुवेत आएकी गीता ८ बर्षदेखि सम्पर्क बिहिन्

आखिर कहाँ छिन् उनी ?

प्रदिप नेपाली/

कुवेत,असोज,२१-

रोजगारीको शिलशिलामा ८ बर्ष पहिले कुवेत आएकी गीता श्रेष्ठ सम्पर्क बिहिन बनेकी छन् । साबिकको शिवगंज-५ लालपानी झापा हाल शिवासतासी नगरपालिका- ७ घर भएकी गीता श्रेष्ठ कुवेत आए लगत्तै परिवार देखि सम्पर्क बिहिन बनेकी हुन् ।

वास्तविक नाम गीता श्रेष्ठ भएपनि उनको बोलाउने नाम अप्सरा रहेको उनको परिवारले बताएका छन् । उनि २०६७ असोजमा अरु कसैको पासपोर्टमा कुवेत आएको बुझिएको नेपाली दुताबास कुवेतका प्रथम सचिब भोगेन्द्र लिङदेनले जानकारी दिएका छन् ।

झापा घर भएकि गिता श्रेष्ठ

अप्सरा नामको कुनै पासपोर्टमा उनी कुवेत आएको आशंका गरिएको छ । परिवारसँग पासपोर्ट नम्बर र अन्य सम्पर्क नम्बर नभएकाले उनि कहाँ र के गर्दैछिन भन्ने पत्तो लगाउन सकिएको छैन ।

८ बर्षदेखि गीता सम्पर्क बिहिन बनेपछि उनको परिवार चिन्तामा डुबेको छ । गीताको अवस्था पत्ता लगाउने कुनै आधार नभएपछी उनका आफन्त नेपाली दुताबास कुवेतको सम्पर्कमा आएका छन् । परिवारले गीताको पुरानो फोटो उपलब्ध गराएर उनको खोजी गरिदिन अनुरोध गरेका छन् ।

गीताका आफन्तले कुवेतमा क्रियाशील नेपाली संघसंस्था, पत्रकारहरु तथा उनलाई चिन्नुहुने नेपाली दाजुभाई तथा दिदीबहिनीलाई उनको अवस्थाको बारेमा बुझेर परिवारलाई जानकारी गराइदिनु हुनपनि अनुरोध गरेका छन् ।

गीता कुवेत आएको देखिएपनि सम्पर्क गर्ने कुनै माध्यम नभएकाले उनको अवस्थाको बारेमा बुझ्न समस्या भएको दुताबास कुवेतका प्रथम सचिब भोगेन्द्र लिङदेनले बताए । यद्यपि उनको खोजी कार्यलाई तिब्रता दिने दुताबासले जनाएको छ ।

सम्बन्धित समाचार

सविना महर्जन खोजिदिन दिदी बिनाको जापानबासी नेपाली समुदायलाई अपिल