लोकतान्त्रिक उम्मेद्वारहरु उत्साही

नेपालगञ्ज,मंसीर,१६-

प्रतिनीधी र प्रदेश सभाको निर्वाचन नजिकिदैँ जाँदा लोकतान्त्रिक गठवन्धनका उम्मेदवारहरु उत्साही बनेका छन् । प्रचारप्रसारको तिव्रतासँगै मतदाताहरुलाई आफ्नो पक्षमा तान्न उम्मेदवारहरुले अन्तिम कसरत स्वरुप घरदैलो, कोण सभालाई बढाएका छन् ।

लोकतान्त्रिक गठबन्धनका बाँके क्षेत्र न २ का प्रतिनीधी सभा सदस्य उम्मेदवार ओमप्रकाश आजाद, प्रदेश सभा सदस्य उम्मेदवार सुरेन्द्र हमाल, निरन्जन सिजापति लगायतका उम्मेदवार जनतालाई रिझाउन घर दैलोमा पुग्दा न्यानो स्वागत पाएका छन् ।

हमाल र आजादले आज भृकुटीनगर र कोरियन पुरमा घरदैलो गरेका छन् भने सिजापतिले कम्दीको जव्दहवामा घरदैलो तथा सभामा सम्वोधन गरेका छन् । भृकुटी नगरमा हमाल र आजाद घरदैलोमा पुग्दा स्थानीयले मुस्कानसहित स्वागत मात्र गरेनन्, जिताएर देखाउने प्रतिवद्धता व्यक्त गरे ।

बाँके क्षेत्र नं.२ का प्रतीनीधीसभा उम्मेदवार : सुरेन्द्र हमाल

यस्तै कोरियनपुरमा गरिएको घरदैलोपछि आयोजित सभालाई हमालले नेपालगञ्जलाई प्रदेश राजधानी बनाउने पहल गर्ने विश्वास दिलाउनु भयो । यस्तै आजै डुडुवा कम्दी जव्दहवामा गरिएको भव्य कार्यक्रममा सयौं स्थानीयको सहभागितासँगै उत्साहले उम्मेदवारहरु विजयीउन्मुख भएको आँकलन गरिएको छ ।

डुडुवा गाउापालिका प्रमुख नरेन्द्र चौधरीले लोकतन्त्रप्रतिको विश्वास आम जनताको उचो भएकाले लोकतान्त्रिक उम्मेदवारको जित सुनिशिचत भएको दावी गर्नु भयो । उम्मेदवार सिजापतिले नगरसँगै जोडिएको क्षेत्र भएपनि पछाडी पारिएकाले सडक लगायत भौतिक पुर्वाधार निर्माणसँगै मानवीय विकासमा विशेष ध्यान दिने वाचा गर्नु भयो ।

राप्रपा महामन्त्री डा धवल शमशेर राण्मा, काँगे्रस सभापति किरण कोइराला, राप्रपा सभापति नरेन्द्र पौडेल, उपमहानगरपालिका उपमेयर उमा थापा मगर लगायतले लोकतान्त्रिक शक्ति र उम्मेदवार सक्षम इमान्दार भएकाले रुखमा मत दिएर विजयी गराउन आहवान गर्नु भयो । यस्तै बाँके क्षेत्र न १ र ३ का उममेदवारले पनि घरदैलोलाई तिव्रता दिएका छन् ।