शीर्ष नेता जिताउन वाम गठबन्धन ओखलढुंगाका नेता राजधानीमा

सिर्जना बर्देवा/
ओखलढुंगा,मंसिर,१६-

Okhaldhunga district

ओखलढुंगामा मंसिर १० गते निर्वाचन सम्पन्न भएपछि यहाँका वाम गठबन्धनका नेताहरु विभिन्न जिल्लामा शीर्ष नेता जिताउने अभियानमा खटिएका छन् । गठबन्धनका एमाले र माओवादी केन्द्रका नेताहरु विभिन्न जिल्लामा खटिएका हुन् ।

एमालेका नेताहरु एमाले महासचिव ईश्वर पोखरेल र वरिष्ठ नेता माधवकुमार नेपाल तथा राजन भट्टराईलाई जिताउने अभियानमा खटिएका हुन् । एमाले केन्द्रिय सदस्य यज्ञराज सुनुवार, नानीबाबु बुढाथोकी, ओखलढुंगा काठमाण्डौ सम्पर्क समितिका पदाधिकारीहरु अभियानमा जुटेको नेकपा एमालेका जिल्ला सचिवालय सदस्य मावर सुनुवारले बताउनुभयो ।

ओखलढुंगाका मतदाताहरु बसोबास गर्ने क्षेत्रमा नेताहरुले चुनावी कार्यक्रममा सम्बोधन तथा घरदैलो कार्यक्रममा सहभागी हुने बताइएको छ । त्यस्तै माओवादी केन्द्रका नेताहरु पेशल खतिवडा, बाबुराम गौतम लागायतका नेताहरु महोत्तरी र सर्लाहीका वाम गठबन्धनका नेताहरुलाई जिताउने अभियानमा लागेका छन् । यसअघि संघीय समाजवादी फोरमका नेताहरु अशोक राई र उपेन्द्र यादव जिताउने अभियानमा धरान र सप्तरी खटिएका छन् ।