एटलान्टालाई २-१ गाेलले हराउदै पीएसजी सेमिफाईनलमा

फाईल तस्विर !!

एजेन्सी,साउन,२९-पेरिस सेन्ट जर्मन (पीएसजी) च्याम्पियन्स लिग फुटबलको सेमिफाईनलमा प्रवेश गरेको छ ।ब्राजिली स्टार नेयमार प्रेरित पीएसजीले ईटालियन क्लब एटलान्टालाई २-१ गाेल अन्तरले पराजित गर्दै च्याम्पियन्स लिगको अन्तिम चारमा प्रवेश गरेको हो ।

 

पहिलो हाफमा ईटालियन क्लब एटलान्टाले खेलमा अग्रता बनाएको थियो । पीएसजीको कमजोर डिफेन्सको फाईदा उठाउँदै २६ औं मिनेटमा मारियाे पसालिसले सिरि ए क्लबलाई अग्रता दिलाएका छन् ।

दोस्रो हाफमा केलियन एम्बाप्पे मैदान प्रवेश गरेपछि पीएसजीको अग्रपङ्तीमा सुधार आयो । एम्बाप्पे र नेयमारकाे जाेडीले दाेस्राे हाफभर एटलान्टाकाे डिफेन्सलाइ ब्यस्त राखेकाे थियाे । 

खेलकाे अन्तिम मिनेटमा नेयमारको उत्कृष्ट पासमा मार्किन्हाेसले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।ईन्जुरी समयमा केलियन एम्बाप्पेको पासलाई सदुपयोग गर्दै चाेपाे मोटिङले पीएसजीलाई पुनरागमन जित दिलाए ।

नेयमारको पासमा एम्बाप्पेले क्रसमार्फत उपलब्ध गराएको बललाई मोटिङले पोस्टको दिशा दिएका थिए ।

खेलको अन्तिम मिनेटमा एटलान्टाका लुईस मुरिलले बराबरी गर्ने अवसर गुमाएका थिए ।पीएसजी २५ बर्षको ईतिहासमा पहिलो पटक च्याम्पियन्स लिगको सेमिफाईनल प्रवेश गरेको छ ।

युरोपेली क्लब फुटबलमा राज गर्ने उद्धेश्य सहित पीएसजीले नेमयारलाई विश्व कीर्तिमानी मुल्यमा क्लबमा अनुबन्धन गरेको थियो । जसको प्रभाव बुधबारको खेलमा देखियो । उनले खेलमा दुई सुन्दर अवसर गुमाएका थिए ।

तर पीएसजीले गरेका दुवै गोलमा उनको योगदान थियो ।

क्लब फुटबलका दोस्रो महङ्गा खेलाडी एम्बाप्पे मैदान प्रवेश गरेपछि पीएसजी आक्रमण तिखारिएको थियो । चोटबाट मुक्त हुँदै मैदान फर्किएका एम्बाप्पेले दोस्रो हाफमा एटलान्टाका डिफेन्डरलाई दबाबमा राखेका थिए ।

पीएसजीले सेमिफाईनलमा एट्लेटिको मड्रिड र आरबी आईपेजिंगबीचको विजेतासंग खेल्नेछ ।