पाकिस्तानलाई १४ औं साग आयोजनाको जिम्मेवारी

काठमाण्डौं,मंसिर,२३-

दक्षिण एसियाली खेलकुद (साग) को १४ औं संस्करण पाकिस्तानमा आयोजना हुने भएको छ ।

सातदोबाटोस्थित ओलम्पिक कमिटिको भवनमा सोमबार बसेको साग ओलम्पिक काउन्सिलकाे बैठकले पाकिस्तानलाई १४ औं संस्करणको साग आयोजनाको जिम्मेवारी दिएको हो  ।

 

साग आयोजनाका लागि पाकिस्तानबाट पाकिस्तान ओलम्पिक काउन्सिलकाे अध्यक्ष बैठकमा आएका थिए ।

बैठकले ६ महिना भित्र सरकारकाे सहमती ल्याउन पाकिस्तानकाे ओलम्पिक कमिटिलाई समय दिएकाे छ ।६ महिना भित्र पाकिस्तानले साग ओलम्पिक काउन्सिलकाे बैठक समेत राख्न पर्नेछ ।

पाकिस्तानले यसअघि साग आयोजना गर्न तयार रहेकाे पत्र साग काउन्सिललाई पठाएकाे थियाे ।आयोजकको हिसाबले नेपालपछि साग गर्ने पालाे पाकिस्तानकाे नै रहेको छ । खेलपाटी बाट