नेपालगन्ज टेक्निकल कलेजको वृहत् रक्तदान कार्यक्रम

११० जनाले दिए रक्तदान

नेपालगंज,माघ,११-

बाँकेको नेपालगन्जमा रहेको प्राविधिक शिक्षा अध्यापन गराउने कलेज नेपालगन्ज टेक्निकल कलेज नेपालगन्जद्वारा आज वृहत् रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।उक्त कलेजले प्रत्येक साल रक्तदान कार्यक्रम गर्दै आईरहेको छ ।

आज बिहान १० बजे देखि कलेजको हलमा शुरु गरिएको रक्तदान कार्यक्रममा ८८ जना पुरुष छात्रले र २२ जना महिला छात्राले रक्तदान गरेको कलेजका प्राचार्य ईन्जिनियर दिपक बि(सी(ले बताउनु भयो ।

आजको उक्त कार्यक्रममा बोल्दै कलेजका निर्देशक किशोर कुमार पाण्डेले विद्यार्थीहरुलाई शिक्षा मात्र प्रदान नगरेर आपत बिपत्तिमा कसैको ज्यान बचाउनका लागि सामान्य चिकित्सा र ल्याबमा अध्ययनरत बिद्यार्थीहरु तयार हुनका लागि पनि यस्ता कार्यक्रम गरिएको बताउनुभयो ।

उक्त कार्यक्रममा बोल्दै नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार केन्द्र नेपालगन्जका प्रमुख उपेन्द्र रेग्मीले यस टेक्निकल कलेजले धेरै संख्यामा रक्तदान गराएर उच्च नाम राख्न सफल रहेको बताउनुभयो । उक्त रक्तदान कार्यक्रममा कलेजका बिद्यार्थी , नेपालगन्ज टेक्निकल स्कुलका बिद्यार्थीहरुको सहभागी रहेको थियोे ।

कार्यक्रममा कलेजका निर्देशक किशोर कुमार पाण्डे , कलेजका प्राचार्य ईन्जिनियर दिपक बि(सी(, सामान्य चिकित्साका संयोजक बिबेक चौधरी , ईन्जिनियरिङकि संयोजक सोनु शाह, ल्याव टेक्निसियन तर्फका जनक बडुवाल, टेक्निकल स्कुलका प्राचार्य दामोदर ढकाल , शिक्षकहरु , विभिन्न मिडियाका पत्रकारहरु लगायतकाको उपस्थिति रहेको कलेजका लेखा अधिकृत पंकज पाण्डेले बताउनुभयो ।