बाँकेमा चट्याङबाट एकजनाको मृत्यु

नेपालगंज,माघ,११-

बाँकेमा आज दिउसो परेको चट्याङमा परी एकजनाको मृत्यु भएको छ ।

नेपालगन्ज उपमहानगरपालिका वडा नं २३ मा आज दिउँसो परेको चट्याङमा परी बर्ष ३७ का लाल मोहम्मद दर्जी घाइते भई निजका बुबाले स्थानीय नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा उपचारार्थ ल्याउनु भएको थियोे ।

तर निजको अस्पतालमा ल्याउदा ल्याउदै बाटो मै मृत्यु भएको अस्पतालका चिकित्सकले बताएको छ । आज बाँकेमा दिनभर आकाश गर्जिनुका साथै भारी बर्षा भएको थियो ।