डोल्पामा जिप दुर्घटना १० को मृत्यु , दुईको जिवितै उद्दार

डोल्पा,कार्तीक,१९-

डोल्पाको कालागौडा भन्ने स्थानमा जीप दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ । घटना स्थलबाट दुई जनालाई भने जिवितै उद्दार गरिएको छ ।

डोल्पाको सदरमुकाम दुनैबाट जुफालतर्फ जाँदै गरेको भे १ च १६१० नम्बरको जीप ठूलीभेरी नगरपालिका ९ कालागौडाबाट भेरी नदीमा खस्दा १० जनाको मृत्यु भएको डोल्पाका प्रहरी प्रमुख डीएसपी अवदेश विष्टले पुष्टि गर्नु भएको हो ।

 
 
 

घटनामा उद्दार गरिएकाहरूको दुनै अस्पतालमा उपचार भइरहेको विष्टले बताउनुभयो । कसरी दुर्घटना भयो भन्ने बारे अनुसन्धान भइरहेको छ ।