पैसा पठाउने केपिलाई भारतमा पैसाकै मालाले सम्मान

मुम्बई,कात्तीक,१९-
एन.पि युवा क्लब कान्देवली भारतले गरेको दिपावलि विशेष कार्यक्रम एक भव्यरुपमा सम्पन्न हुदै गर्दा। सांस्कृतिक कार्यक्रमलाई गायक टंक तिमिल्सेना र लोकेन्द्र खत्रीले भरपर्दो मनोरञ्जन गर्नुभए संगै देशका कान्छा सामाजिक अभियान्ता केपि खनालले आफ्नो मनतव्य राख्दै गर्दा एक जना शुभेच्छुक राजेन्द्र पंडितले कान्छा अभियान्तालाई भारतिय रुपैयाँले माला हालेर सम्मान गरेका हुन।

“सके हजार नसके प्रचार ” भन्दै बाजुरा बालगृह निर्माणको अभियानमा लागेका छन् । उक्त सहयोगकै लागि माला लगाइएको बअताइएको छ । कान्छा अभियान्ता केपि खनाल र गायक टंक तिमिल्सेना यो बर्षको दिपावली मनाउन भारतका विभिन्न सहरमा नेपालीहरुलाइ भेटघाट गर्ने बताइएको छ ।