नेपालमा थप २७९ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ४३६४ पुग्यो, ६७४ जना निको भए

काठमाडौं,जेठ,२८-नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या चार हजार ३६४ पुगेको छ ।बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित ‘प्रेस ब्रिफिङ’मा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा थप २७९ जनामा संक्रमण देखिएको बताउनुभयो ।

यो सँगै नेपालमा कुल संक्रमितको संख्या चार हजार ३६४ पुगेको उहाॅंले जानकारी दिनुभयो ।कोरोनाबाट मृत्यु हुनेको संख्या १५ रहेको छ ।

नेपालमा कोरोनाभाइरस संक्रमणबाट निको हुनेको संख्या ६७४ पुगेको छ । पछिल्लो २४ घन्टामा दुई महिलासहित ९० जना ‘डिस्चार्ज’ भएका उहाॅंले बताउनुभयो ।