प्रतिनिधि सभा सदस्य चयनका लागि आज मतदान हुँदै

३ हजार ४ सय ६ जना उम्मेदवार चुनावी मैदानमा

फाईल तस्विर ।।

काठमाडौं,फाल्गुन,२१-प्रतिनिधि सभाको सदस्य चयनका लागि आज बिहीबार मतदान हुँदैछ।

निर्वाचन आयोगले बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुने जनाएको छ।देशका ७७ वटै जिल्लाका १ सय ६५ निर्वाचन क्षेत्रमा एकसाथ मतदान हुन लागेको छ।

निर्वाचनमा ६८ दलबाट ३ हजार ४ सय ६ जना उम्मेदवार प्रत्यक्षतर्फ भिडिरहेका छन्।समानुपातिकतर्फ ३१ सय ३५ जना उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा बुझाईएको छ।

देशभरी १ करोड ८९ लाख ३ हजार ६ सय ८९ जना मतदाता मत खसाल्न योग्य रहेको आयोगले जनाएको हो।देशभरी १० हजार ९ सय ६७ मतदानस्थल, र २३ हजार १ सय १२ मतदान केन्द्र तोकिएको छ।

चुनाव गराउन ५ लाख ५६ हजार कर्मचारी र सुरक्षाकर्मी फिल्डमा खटिएका छन्।२ लाख १५ हजार कर्मचारी, १ लाख ४९ हजार ९० जना निर्वाचन प्रहरी, ७९ हजार ७ सय २७ जना नेपाली सेना, ७५ हजार ७ सय ९७ जना नेपाल प्रहरी र ३४ हजार ५ सय ७६ जना सशष्त्र प्रहरी चुनावको लागि खटाइएको छ।

गत भदौ २३ र २४ गते भएको प्रदर्शनको परिणाम स्वरुप तात्कालिन संसद विघटन भई प्रतिनिधि सभाको नयाँ निर्वाचन हुन लागेको आयोगले जनाएको हो।