
टोकियो,चैत,१-पछिल्लो समय सामाजिक सञ्जालमा डिग्री अध्ययन नगरेका व्यक्तिहरूले पनि Graduation Cap लगाएर फोटो खिच्ने वा आकाशतर्फ टोपी उडाउने दृश्य बढ्दै गएका छन्।
कतिपयले यसलाई प्रेरणादायी अभिव्यक्ति मान्दा केहीले भने शिक्षाको प्रतीकलाई कमजोर बनाउने प्रवृत्ति भएको टिप्पणी गरेको पाउछौ।
तर यो अहिले सामाजिक सञ्जाल फेसबुक, टिकटक र इन्स्टाग्राम जस्ता प्लेटफर्महरूमा युवाहरूले ग्राजुएसन टोपी लगाएर फोटो वा भिडियो बनाउने ट्रेन्डको लोकप्रिय बढ्दो देखिन्छ।यो एक किसिमको सामाजीक सञ्जालको युगमा विभिन्न प्रतिक र शैली प्रयोग गरेर आफ्ना अनुभव व्यक्त गर्न चाहन्छन्।यस्ता व्यक्तीहरुको लागि ग्राजुएसन टोपी यस्तै क्रिएटिभ कन्टेन्ट बन्न पुगेको छ।
यसै शिलशिलामा हामीले ति दृश्यहरु अध्ययन गर्दा धेरैजसो अवस्थामा ती व्यक्तिहरूले औपचारिक रूपमा विश्वविद्यालयको डिग्री प्राप्त गरेका हुँदैनन्।तर उनीहरूले जीवनका अन्य उपलब्धिलाई उत्सवको रूपमा मनाउन यस्तो शैली अपनाउने गरेको पाईएको छ।
कसैले नयाँ व्यवसाय सुरु गर्दा,कसैले विदेश पुगेको खुशीमा त,कसैले जीवनको संघर्ष पार गरेको क्षणलाई चिनाउन पनि यस्तो प्रतीक प्रयोग गर्ने गरेका छन्।
आज हामीले यो ग्राजुएसन टोपि लगाएर उत्पन्न भएका विभिन्न प्रश्नहरु जस्तै :
१. डिग्री बिना ग्राजुएसन टोपी ?
२.ग्राजुएसन टोपीको नयाँ ट्रेन्ड ?
३.सफलता कि देखावटी ट्रेन्ड ?
४.टोपी उडाउने नयाँ फेसन ?
५.डिग्री बिना उत्सव किन ?
६.शिक्षाको प्रतीक विवादमा ?
७.ग्राजुएसन टोपी बहसमा ?
८.सफलताको प्रतीक कि ट्रेन्ड ? लगायत प्रश्न सहितको जवाफ खोज्ने काम र यसको ईतिहासको बारेमा चर्चा गर्ने प्रयत्न गरेका छौं।
सुरुमा लागौं यो Graduation Cap जसलाई Mortarboard Cap पनि भनिन्छ।यो टोपि विश्वविद्यालय वा विद्यालयको दीक्षान्त समारोहमा विद्यार्थीहरूले अन्तिममा यो टोपी आकाशमा उडाउने परम्परा विश्वभर अहिले निकै लोकप्रिय छ।यसको इतिहास अझै रोचक छ।
ग्राजुएसन टोपी उडाउनको इतिहास
-यो विश्वभर फैलिएको एक शताब्दी पुरानो परम्परा हो।विश्वका धेरै विश्वविद्यालय र विद्यालयहरूमा दीक्षान्त समारोह (Graduation Ceremony) को अन्तिम क्षणमा विद्यार्थीहरूले एकसाथ आफ्नो टोपी आकाशतिर उडाउँछन्।खुशी,सफलता र नयाँ जीवनको सुरुवातको प्रतीक मानिने यो दृश्य आज संसारभर सामान्य भए पनि यसको इतिहास करिब एक सय वर्षभन्दा पुरानो मानिन्छ।
मध्ययुगीन युरोपबाट सुरु भएको पोशाक ग्राजुएसनमा लगाइने कालो गाउन र चौकोर टोपीको परम्परा भने निकै पुरानो छ।
इतिहासकारका अनुसार यसको जरा १२ औँ शताब्दीबाट युरोपेली विश्व विद्यालयहरूबाट सुरु भएको पाईन्छ। त्यतिबेला शिक्षक र विद्यार्थीहरू धार्मिक विद्वान (clerics) जस्तै लामो गाउन लगाउँथे,जसले उनीहरूको विद्वत्ता र शैक्षिक पहिचान जनाउँथ्यो।
चौकोर आकारको टोपीलाई “Mortarboard” भनिन्छ, किनभने यसको आकार इँटा जोड्दा प्रयोग हुने “mortar board” जस्तै देखिन्छ।बदलिदो समयसँगै यो टोपी विश्वविद्यालयहरूको आधिकारिक रुपमा शैक्षिक पोशाक बन्न पुगेको थियो।
टोपी उडाउने परम्परा कहाँबाट सुरु भयो ?
आज सबैले गर्ने टोपी उडाउने परम्परा भने १९१२ सालबाट मात्र सुरु भएको मानिन्छ।त्यो वर्ष अमेरिकाको United States Naval Academy (नौसेना अकादमी) मा दीक्षान्त समारोह भइरहँदा एउटा अनौठो घटना भएको थियो।
पहिले त्यहाँ पढेका विद्यार्थीहरूले स्नातक भएपछि पनि दुई वर्ष “Midshipman” पदमा सेवा गर्नुपर्थ्यो।त्यसैले उनीहरूले आफ्नो पुरानो नौसेना टोपी राखिराख्नु पर्थ्यो।
तर १९१२ मा नियम परिवर्तन भयो र विद्यार्थीहरू स्नातक भएपछि सिधैं “Officer”बन्ने निर्णय भएको थियो।अधिकारी बनेपछि उनीहरूले नयाँ टोपी पाउने भएकाले पुरानो टोपी आवश्यक परेन,त्यसपछि दीक्षान्त समारोह सकिएपछि विद्यार्थीहरूले खुशी मनाउँदै पुरानो टोपी आकाशमा फ्याँकिदिएका थिए।यही क्षणबाट ग्राजुएसन टोपी उडाउने परम्परा सुरु भएको मानिन्छ।
विश्वभर कसरी फैलियो ?
अमेरिकामा सुरु भएको यो परम्परा छिट्टै अन्य विश्वविद्यालयहरूमा फैलियो।केही दशकभित्रै यो दृश्य अमेरिका,बेलायत,युरोप र एशियाका विश्वविद्यालयहरूमा पनि लोकप्रिय बन्न पुगेको थियो।
आज दीक्षान्त समारोहको अन्त्यमा हजारौं विद्यार्थीहरूले एकैसाथ टोपी उडाउने दृश्यलाई सफलताको उत्सव र नयाँ जीवनको सुरुवातको प्रतीक मानिन्छ।तर केहि विश्श्वविद्यालयले भने रोक्न खोजेको हामीले पाएका छौं।
केही विश्वविद्यालयले किन रोक्न थाले ?
हालका वर्षहरूमा केही विश्व विद्यालयहरूले यो परम्परा रोक्ने वा सीमित गर्ने प्रयास पनि गरेका छन्।कारण के हो भने टोपीको कडा कुनाले कसैलाई चोट लाग्ने सम्भावना भएको हुनाले केही ठाउँमा टोपी नउडाउन आग्रह गरिन्छ।वा फोटो खिच्दा मात्र प्रतीकात्मक रूपमा उडाउन लगाईने पनि भनिएको छ।
तर यो ग्राजुएसन टोपीको महत्वको बारेमा हामीले बुझ्न भने अत्यन्तै जरुरी छ।म यसको बारेमा केहि बुदाँगत रुपमा लेख्ने छु।
सबैभन्दा पहिले,यो टोपी शिक्षा प्राप्तिको प्रतीक हो।विद्यार्थीले वर्षौँको मेहनतपछि डिग्री प्राप्त गरेको खुशी यही टोपीले झल्काउँछ।यो टोपी पहिरनकै भएपनि विद्यार्थीहरु मेहेनत गरेर पढ्ने गर्दछन्।जसले गर्दा उनिहरुको शिक्षामा समेत राम्रो हुने गर्दछ।
दोस्रो, कुरा के छ भने यो परम्परा र संस्कृतिसँग जोडिएको चिन्ह पनि हो।युरोपका पुराना विश्वविद्यालयहरूबाट सुरु भएको यो परम्परा अहिले विश्वभर फैलिएको छ।
त्यसैगरी तेस्रो, कुरा के छ भने जब ग्राजुएसन टोपीले विद्यार्थीको आत्मविश्वास र भविष्यको आशा झल्काउँछ।जसले गर्दा विद्यार्थी मेहेनत गर्न बाध्य हुन्छन्।धेरै ठाउँमा दीक्षान्त समारोहमा टोपी आकाशतर्फ फाल्ने परम्परा पनि छ, जसले नयाँ जीवनको सुरुवातलाई संकेत पनि गर्छ,यस्ता विभिद् महत्वहरु यस टोपिको रहेको छ।
हामीले ग्राजुएसन टोपीको महत्वको कुरा लेखिसकेपछि यसका तथानाम आलोचना र नराम्रो पक्षको बारेमा पनि लेख्नै पर्छ।
यद्यपि यसको आलोचना किन गरिन्छ,भन्ने कुरा बुदाँगत रुपमा लेख्दा सबैलाई बुझ्न र पढ्न अझै सहज हुने भएको हुदाँ मुख्य बुदाँहरु यस्ता रहेका छन्।
पहिलो:कतिपयले यो टोपीलाई पश्चिमी संस्कृतिको नक्कल भनेर आलोचना गर्छन्।उनीहरूका अनुसार स्थानीय सांस्कृतिक पहिचानभन्दा विदेशी शैलीलाई प्राथमिकता दिइएको देखिन्छ।
दोस्रो : केही विद्यार्थीका लागि अनावश्यक खर्च पनि हुन सक्छ।दीक्षान्त समारोहका लागि मात्रै प्रयोग हुने पोशाक र टोपी किन्न वा भाडामा लिन खर्चिलो हुन सक्छ।
तेस्रो : कतिपयले शिक्षा प्रणालीको आलोचना गर्दै भन्छन् कि टोपी र समारोहभन्दा वास्तविक सीप र रोजगारी अवसर महत्वपूर्ण हुन्छ, भनेर पनि आलोचना गर्ने गरेको प्रशस्तै सुन्न पाईन्छ।
यसैविच यो ग्राजुएसन टोपी लगाउदा धेरै मान्छेहरुले शिक्षाको प्रतीक कमजोर हुने चिन्ता व्यक्त गरेका छन्।किनकि डिग्री बिना प्रयोग गर्दा केही शिक्षाविद्हरूले यसलाई शिक्षाको महत्व कम गर्ने प्रवृत्ति भनेर आलोचना गरेका छन्।
कतिपयले यसलाई गलत सन्देश जाने सम्भावना भएको भनेर पनि ठम्याएका छन्।उनीहरुले के पनि भनेका छन् भने यस्तो ट्रेन्डले युवाहरूलाई औपचारिक शिक्षा आवश्यक छैन भन्ने गलत सन्देश दिन सक्ने तर्क गरेका छन्।
अर्को परम्पराको अवमूल्यन भयो भन्नेहरु पनि थुप्रै भेटिन्छन्।जस्तो कि दीक्षान्त समारोहमा वर्षौँको अध्ययनपछि मात्र टोपी लगाउने परम्परा छ।यसलाई सामान्य फोटो वा मनोरञ्जनका लागि प्रयोग गर्दा परम्पराको गम्भीरता घट्ने भन्ने धारणा राख्ने गरेका छन्।
तर पनि यी सबै विवादका बाबजुद, ग्राजुएसन टोपी आज पनि विश्वभर शिक्षा, उपलब्धि र नयाँ यात्राको प्रतीक बनेको छ।यसले विद्यार्थीलाई आफ्नो परिश्रमको परिणाम सम्झाउने मात्र होइन, भविष्यतर्फ अघि बढ्न प्रेरणा पनि दिन्छ।जुन यसको राम्रो पक्षको रुपमा यसलाई हेरिएको छ।




