गोली बोकेर जापान उड्न लागेकी नेपाली युवती विमानस्थलबाट पक्राउ

गोली बोकेर जापान उड्न लागेकी नेपाली विमानस्थलबाट पक्राउकाठमाडौं,चैत्र,२८- गोली बोकेर जापान उड्न लागेकी युवती प्रकाउ परेकि छिन ! 

त्रिभुवन विमानस्थलबाट जापान जान लागेकि तनहुँकी सोविता नेपाली पक्राउ परेकी छन्।विमानस्थल सुरक्षा प्रहरीका एसएसपी भीम ढकालका अनुसार नेपाली आइतबार राती नेपाल एयरलाइन्सको उडानबाट जापानको नारिता जान लागेकी थिइन् । 

भानु नगरपालिका ७ तनहुँकी २७ वर्षीया नेपालीलाई त्रिभुवन अन्तराष्ट्रिय  विमानस्थलमा चेकजाँचका क्रममा उनको झोलाबाट प्रहरीले १ राउण्ड गोली फेला पारेको हो। लगत्तै उनलाई पक्राउ गरिएको थियो । घटनाबारे अनुसन्धान भइरहेको ढकालले जानकारी दिनुभयो ।