छुवाछुत न्युनिकरणका लागी बाल समुह गठन

रमित बि.क,
बाजुरा,बैशाख,३०-
गौमुल गाउँपालिका वडा नं. ६ बसाला टुनीमा रहेका दलित बालबालिकाहरुले एक कार्यक्रमको आयोजना गरी बाल समुह गठन गरेका छन् ।

दलित बालबालिकाहरुको अधिकार माथि वकालत तथा दलित बालबालिकाका अधिकार प्रत्याभुति कसरी गर्ने,गाउँमा हुने छुवाछुत,छाउँपडी प्रथा,महिला हिंसा,बालबिवाहलाई न्युनिकरण

गर्नका लागी र गाउँमा हुने बिकृति बिसंगतिलाई निर्मुल पार्ने उदेश्यका साथ बाल समुहको गठन गरिएको अध्यक्ष कृष्ण बि.क.ले बताउनुभएको छ ।

आज गठन गरिएको समुहमा अध्यक्ष कृष्ण बि.क.,उपाध्यक्ष मंसिरा चदाँरा,सचिव पदम बि.क,कोषाअध्यक्ष चना बि.क.,सहसचिव मनिसा बि.क. लगायत १३ सदस्यीय गठन गरिएको सचिव पदम बि.क.ले जानकारी दिनुभएको छ ।

बालसमुहमा मासिक रुपमा १० रुपैयाँका दरले पैसा कोषमा भर्ने निर्णय समेत गरिएको छ । कोषमा भरेको उतm रकम गाउँमा रहेका आर्थिक अवस्था कमजोर तथा पढ्नेबाट बञ्चित भएका बालबालिकाहरुका लागी सहयोग गरिने अध्यक्ष बि.क.ले बताउनुभएको छ ।