नेकपाद्धारा राप्तीमा ५ सवारी साधन तोडफोड

जंग बहादुर रेउले
घोराही, जेठ,३०-

नेपाल कम्युनिस्ट पार्र्टीले आफ्नो कार्यकर्ता रिहाइको माग गर्दै मंगलबार राप्तीमा गरेको बन्दमा ५ सवारीसाधान माथि तोडफोड गरेको छ । पार्टीले घोषणा गरेको बन्दको अबज्ञा गरेको भन्दै दाङमा चार गाडी र रोल्पामा एक ट्याक्टर माथि तोडफोड भएको नेपाल कम्यनिष्ट पार्टी राप्ती व्युरोले जानकारी दिएको हो ।

नेकपाले राप्तीमा सुरक्षा कर्मीले विनाकरण गिरफ्तारी गर्दै हिरासतमा राखेको र झुट्टामुद्धाहरु लगाएका नेता कार्यकर्तालाई बिना सर्त रिहाइको माग गर्दै मंगलबार बन्द गरेको हो । प्रहरीले राप्ती भरी ४० जना नेता कार्यकर्ता थुनामा रोखेको समेत व्यरोले जानकारी दिएको छ ।

बन्दमा राप्तीका दाङ, प्युठान, सल्यान, रोल्पा रुकुम जिल्लमा शिक्षण संस्था, यातायात, कलकारखाना, उद्योग बजारहरु ठप्प रहेको हो । मंगलबार विहान ५ बजे देखि साझ ५ बजेसम्म छोटो तथा लामो दुरीका कुनै पनि सवारी साधन चल्न नसकको र बन्द शान्ती पूर्ण वातावरणमा सफल भएको छ । तर बन्दकर्ताको मागबारे सरकारले अहिलेसम्म कुनै प्रकारको चासो नदेखाएको राप्ती व्युरोले जानकारी दिएको छ ।