बर्दिया र रोल्पामा मत गणना सुरु

काठमाण्डौ, असार,१५-
बर्दिया र रोल्पा जिल्लामा मतगणना सुरु भएको छ। रोल्पाका माडी, त्रिवेणी, रुन्चीगढी गाउँपालिकामा गएरातिदेखि नै मत गणना सुरु भएको हो।

त्यसैगरी, बर्दियामा पनि रातिदेखि नै मतगणना सुरु भएको छ। मधुवन, बाँसगढी, गेरुवा र ठाकुरबाबामा मत गणना सुरु भई माओवादी केन्द्रले अग्रता लिएको प्रारम्भिक जानकारी प्राप्त भएको छ।

बढैयाताल, गुलरिया र राजापुर नगरपालिकामा अहिले विहान मत गणना गर्ने गरी सर्वदलीय सहमति भएको छ।