निर्वाचन विशेष अपडेट : तीनवटै प्रदेशमा कांग्रेसको प्रारम्भिक अग्रता

काठमाडौं, असार,१५-
दोस्रो चरणअन्तर्गत तीनवटा प्रदेशमा भएको निर्वाचनको हालसम्म जारी मतगणनामा नेपाली कांग्रेसले प्रारम्भिक अग्रता लिएको छ। प्रदेश नम्बर १, ५ र ७ का ४२ स्थानमध्ये कांग्रेसले १९ स्थानमा अग्रता लिएको छ।

पहिलो चरणमा पहिलो बनेको एमाले भने अहिलेको प्रारम्भिक मतगणनामा दोस्रो स्थानमा छ। एमालेले १५ स्थानमा अग्रता लिएको छ भने माओवादी केन्द्रले ८ स्थानमा अग्रता लिएर तेस्रो स्थानमा छ।

प्रदेश नम्बर १ मा कांग्रेसले ६, एमालेले ७ र माओवादीले २ स्थानमा अग्रता लिएका  छन् भने ५ मा कांग्रेस ६ स्थान, माओवादी ५ र एमालेले ४ स्थानमा अग्रता लिएको छ्। त्यस्तै प्रदेश नम्बर ७ मा कांग्रेसले ७, माओवादीले १ र एमालेले ४ स्थानमा अग्रता लिएको छ।

पहिलो चरणको निर्वाचनको प्रारम्भिक मतगणनामै एमालले अग्रता लिएको थियो र त्यसलाई पछिसम्म कायम राख्दै पहिलो दल बनेको थियो।

दास्रो चरणको प्रारम्भिक मतगणनामा भने एमालेले अग्रता लिन सकेको छैन, जुन एमालेको लागि अशुभ संकेतको रुपमा लिन सकिन्छ। यद्यपि प्रारम्भिक मतगणनाबाटै सबै परिणामको आंकलन गर्नु हतार हुन सक्छ।