जापानको फुकुओकामा माघी पर्व धुमधाम संग मनाईयो ( फोटो फिचर )

फुकुओका,जापान,पुष,२९-

नेपाल मगर संघ क्युशु जापानले मगर समुदायको महान पर्व माघे संक्रान्ती आज आईतबार मनाएको छ । यस वर्ष पनी प्रवाशमा रहेका मगर समुदायले (हाम्रो परम्परा हाम्रो संस्कृतीजोगाऊ) भन्ने मुल नाराका साथ कार्यक्रमको आयोजना गरि माघे संक्रान्ती पर्व धुमधमाका साथ मनाएको हो । 

मगर समुदायले परापुर्वकाल देखि मान्दै आएको माघी पर्व जापानको फुकुओकामा रहेका सम्पुर्ण मगर समुदायले एक साथ भेला भई माघे संक्रान्ती पर्व मनाएका हुन् । माघे संक्रान्ती पर्वको अवसरमा अग्रज अर्जुन पुन मगर, नेपाल फ्रेण्डशिप क्लवका अध्यक्ष, अर्जुन बगाले, नेपाल मगर क्यूशु जापानका बरिष्ठ उपाध्यक्ष दिपक राना मगरले कार्यक्रमामा छोटो मन्त्व्य राख्दै शुभकामना सन्देश दिनुभएको थियो । 

माघे संक्रान्ती कार्यक्रममा अग्रजहरु एनआरऐनका अध्यक्ष लक्ष्मण बानीयाँ, क्योदाई रेमिट्यान्सका राम कृष्ण श्रेष्ठ, धर्म अधिकारी , मनकामना रेष्टुरेन्टका संचालक नविन अधीकारी, जनार्धन सर लगायतको उपस्थीती रहेको थियो ।

कार्यक्रममा पुर्खौ देखि चलन चल्तीमा आएका माघी विशेष परिकारहरु बनाएर खानपिन गरिएको थियो । मगर समुदायले पछिल्लो समय माघी पर्वलाई आफ्नो महान पर्वको रुपमा मात्र नभई राष्ट्रिय पर्वको रुपमा मनाउदै आएको छ ।

उक्त कार्यक्रममा ओशोक राना मगर, रेखा घर्ती मगर, जनम राई, सन्दिपा राना मगर, बुद्ध मगर, दुर्लभ मगर, युकेश राना मगर, शान्ती पुर्जा मगर लगायतले आफ्नो दमदार गायन प्रस्तुती बाट उपस्थीत दर्शकलाई छमछमी नचाएका थिए । 

यस्तै कार्यक्रममा दिपक राना मगर, तारा श्रीस मगर, सन्देश आले मगर, अन्जना मगर, बिमल मगर, अल्का पाईजा मगर, करिष्मा बुढा मगर, सागर मगर, लगायतले आफ्नो नृत्य प्रस्तुती गरेका थिए । कार्यक्रममा जापानमा विभिन्न भिषा र विद्यार्थी भिषामा आएका मगर समुदायको उल्लेखनीय सहभागीता रहेको थियो ।

नेपाल मगर संघ क्यूशु जापानले हरेक वर्ष माघे संक्रान्ती पर्व मनाउदै आएको छ । जसअनुसार यस वर्ष पनी माघी पर्व धुमधामका साथ मनाएका हुन् ।कार्यक्रम फुकुओकामा रहेको नान हाउसमा सम्पन्न भएको थियो ।

सथै बिहानी अनलाईन परिवारको तर्फबाट सम्पुर्ण मगर समुदाय लगायत नेपाली जनहरुमा माघे संक्रान्ती हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं । 

(थप माघी पर्वको फोटो फिचर )