पदभारण गरेको एक महिना नपुग्दै भक्तबहादुरले ल्याए रोजगारी योजना

के.पि खनाल “क्षेत्र”
लम्की,कैलाली,साउन,९-

भर्खरै सकिएको दोस्रोचरणको स्थानीय तहको निर्वाचनबाट कैलाली लम्किचुहा नगरपालिका वार्ड नम्बर ०३ बाट निर्वाचित वार्ड अध्यक्ष भक्त बहादुर चलाउनेले चुनावका दौरानमा आफुले गरेको प्रतिवद्वदता पदभारण गरेको एक महिना नपुग्दै सुरुवात गर्नु भएको छ ।

भक्त बहादुर चलाउने

लम्किचुहा नगरपालिका वार्ड नम्बर ०३ को पहल तथा व्यावसायिक सीप बिकास तथा तालिम केन्द्र धनगढीको सहकार्यमा “तीन महिने विद्युत जडान तालिम ” हुदैछ । उक्त तालिमबाट विधुत सम्बन्धि ज्ञान हासिल गर्नेछ्न भने सयौं युवाहरूले रोजगारिको अवसर प्राप्त गर्नेछ्न ।

तीन महिनासम्म चल्ने उक्त तलिममा विधुतिय जडान सम्बन्धि तालिम सिकाइने वार्ड अध्यक्ष चलाउने ले हाम्रा सम्वाददाता केपि जानकारी दिनु भयो । 

उहाँका उनुसार “मैले यो त सुरुवात गरेको हु ,सबैको साथ र सहयोग पाएको खन्डमा आफ्नु कार्यकाल भित्र वार्ड नम्बर तीनलाईअ नमुना वार्ड बनाउने योजना रहेको “बिहानी अनलाईनका सम्वाददाता केपि खनाल लाई जानकारी दिनुभएको छ ।