नेपालमा ८ हजार ६५९ जना कोरोना संक्रमित थपिए, ५८ जनाको मृत्यु

काठमाडौं,बैशाख,२२-कोरोना भाइरसबाट नेपालमा बुधबार अहिलेसम्मकै सबैभन्दा बढी ५८ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार कोरोनाबाट ५८ जनाको मृत्यु भएको बताएको हो ।

यसअघि मंगलबार ५५ जनाको मृत्यु भएको थियो । अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३४ सय ७५ पुगेको छ ।

त्यसैगरी बुधबार अहिलेसम्मकै सबैभन्दा बढी संक्रमित थपिएका छन् । बुधबार एकैदिन ८ हजार ६ सय ५९ जना संक्रमित थपिएका हुन् ।

२० हजार ७ सय ५६ पीसीआर परीक्षणबाट ८ हजार ६ सय ५ जना तथा ६ सय १६ एन्टिजेन परीक्षणबाट ५४ जना गरी ८ हजार ६ सय ५९ संक्रमित थपिएका हुन् ।थपिएकामा काठमाडौं उपत्यकाका मात्र ४ हजार ८ सय २५ जना हुन् ।

काठमाडौंका ३८ सय ४९, ललितपुरका ५ सय १८ तथा भक्तपुरका ४ सय ५८ जना हुन् ।हाल सक्रिय संक्रमितको संख्या ६६ हजार ३ सय ५२ पुगेको छ ।

बुधबार १ हजार ९ सय ९३ जनामात्र संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुने दर घटेर ८० दशमलव ६ प्रतिशतमा झरेको छ ।