सामर्थ्य नेपालद्वारा नेपालगन्जको बागेश्वरी मन्दिरमा सरसफाई

सामाजीक काममा अग्रसर बन्न युवाहरुलाई उपमेयर थापाको आह्वान

बाँके,भदौ ,१३-

सामथ्र्य नेपाल नेपालगन्ज शाखाको आयोजनामा आज वृहत सरसफाई गरीएको छ । नेपालगन्ज स्थित बागेश्वरी मन्दिर परिषरमा आज बृह्त सरसफाई गरीएको हो । यहि भदौ ९ गते नेपालगन्जमा शाखा गठन गरीएपछि शाखाले पहिलो कार्यक्रम अर्न्तगत सो कार्यक्रम गरेको हो । सरसफाई अभियानको नेपालगन्ज उपमहानगरपालिकाका उपमेयर उमा थामामगरले उद्घाटन गर्नुभयो । उद्घाटन गर्दै उपमेयर थापाले युवाहरुले सामाजीक काममा अग्रसरता देखाएको प्रति खुसी व्यक्त गर्नुभयो ।

उहाँले यस्ता काममा सक्रीय भइरहनका लागी युवाहरुलाई आह्वान पनि गर्नुभएको छ । साथै यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने समेत उहाँको सुझाव छ । कार्यक्रममा सहभागी हुन सामथ्र्य नेपालका पश्चिमान्चल संयोजक केपि खनाल पनि नेपालगन्ज आउनुभएको थियो । सुदुरपश्चिममा गौरा पर्व मनाइरहदा आफुले यसरी नेपालगन्ज आएर सामाजकि काम गरेर पर्व मनाएको उहाँले वताउनुभएको छ ।

त्यस्तै नेपालगन्ज संयोजक पंकज वली, उपाध्यक्ष द्धय सारदा केसी र चिरन्जीवि मल्ल, सचिव रोसन खत्रि, सहसचिव प्रदिप चापागाई र कोषाध्यक्षमा अरुणा शाहि, सदस्यहरु सागर केसी, एकता वुढाथोकि, प्रभास जंग वस्नेत, अनिता थापा, सुभाष चौधरी, कविता गौतम र अनिता विसी, सामुदायिक प्रहरी, नेपाल प्रहरी, बागेश्वरी मन्दिरका सरसफाई कर्मचारी, विद्यार्थी लगायतको सहभागिता रहेको थियो ।

“समाज परिवर्तनमा शिर्जनशिल युवाहरूका हातहरु ” भन्ने नाराका साथ देशव्यापी रुपमा शाखा विस्तार गरीरहेको युवाहरुको यो संस्थाले पश्चिम नेपालका अन्य जिल्लाहरुमा पनि सामाजीक काम गर्नका लागी शाखा विस्तार गर्ने तयारी गरीरहेको छ ।सामथ्र्य नेपालका पश्चिम नेपाल प्रमुख खनालका अनुसार देशमा भैरहेको सामाजिक, आर्थिक, राजनीति बिकृतीलाई हटाउन समाजमा भएका युवाहरूलाई सक्रिय बनाउनका लागी यो संस्थाको देशव्यापि रुपमा गठन गर्न लागीएको हो ।

सामर्थ्य नेपालले आज नेपालगन्जको बागेश्वरी मन्दिरबाट सरसफाइ अभियान उदघाट्न गर्दा देखिएका  [तस्विरहरु ]

सामर्थ्य नेपालद्वारा नेपालगन्जको बागेश्वरी मन्दिरमा सरसफाई गर्दाका केहि तस्विरहरु