भुवन भट्टराई र टिका पुनको सुमधुर स्वरमा “चल्यो हावा चल्यो”

कोहलपुर,बाँके,चैत्र,१२-

गायक : भुवन भट्टराई !!

नेपाली गित संगितको क्षेत्रमा फेरी एउटा हावा चलेको छ ।पछिल्लो समय दिनप्रतिदिन नयाँ कलाकारहरुको आगमन संगै नयाँ नयाँ प्रतिभामा सजिएका गित बजारमा धमाधम आईरहँदा अचानक फेरी नेपाली गित संगितमा एउटा बेग्लै किसिमको हावा हुरी चलेको हो ।

अहिले सम्म बजारमा आएका विभिन्न माया पिरतीका गित संगित तपाईले रेडियो टेलिभीजनमा हेर्नु र सुन्नुभएकै छ होला । अब तपाईले जब हावा चल्छ त्यस्ता माया पिरतीमा मर्मस्पर्सी शब्दरुपीले सजिएको गित हावामा नै सुन्न पाउनु हुन्छ ।

यति भनि सकेपछि तपाईलाई हामीले भन्न खोजेको प्रसंग अवश्य पनि बुझि सक्नु भएको छ होला । कुरो हो नयाँ गित ” चल्यो हावा चल्यो बोलको” यो गित सोमबार बेलुकिको अस्ताउँदो घाँमको किरण संगै चलेको हावाको तेजको गतिमा नेपाली गित संगितको भिडमा सार्वजनीक गरिएको छ ।

भुवन भट्टराईको शब्द संगितमा रहेको “चल्यो हावा चल्यो” बोलको गित सार्बजनिक पश्चात शब्द संगितकार एवंम गायक भुवन भट्टराईले  बिहानी अनलाईनलाई जानकारी दिदै भन्नु भयो सानै उमेर बाट गित संगितमा रुचि राख्थे बिशेष गरि चलचित्रका गितहरुमा तर पछिल्लो समय एउटा कलाकार भैसकेपछि सबै गितमा सक्षम हुन जरुरी सोचेर नै सम्पुर्ण गितलाई न्याय दिन सक्नु पर्छ भन्ने बिचारले लोक दोहोरी गित लाई आफै सिर्जना गरेर सोमबार बजारमा  सार्वजनीक गरेको बताउनुभयो ।

उहाँले अगाडी भन्नुभयो” जब मैले २०६७ सालमा बर्दिया जिल्ला मा भएको जिल्ला ब्यपी गायन प्रतियोगितामा दोस्रो स्थान हासिल गरेको थिए । त्यसपछि पारिवारिक सहयोग र साथीभाईहरुको हैसलाले गर्दा निरन्तर संघर्ष गर्दै आएको हुँ ! मैले ४ बर्ष अगाडि एउटा गितमा अभिनय गरेको थिए । त्यहिबाट नै मेरो कलाकारिताको सुरुवात भयो । जसको फलस्वरुप अहिले आफ्नै स्वरमा गित गाउन सफल भए ।

अहिले सम्म मैले स्थानीय रुपमा हुने २०० भन्दा बढी स्टेजहरुमा आफ्नो प्रस्तुती दिईसकेको छु । स्टेजमा अन्य सर्जकका गित गाउदा जसरी मलाई दर्शकले हैसला प्रदान गरे मलाई झनै अघि बढ्ने एउटा ठुलो अवसर बन्यो जुन आजको सफलता हो ।

आगामी दिनमा दर्शक र स्रोताहरुको सल्लाह सुझाब राम्रो पाएमा आगामी दिनमा अझै राम्रा गितहरु लिएर आउने जानकारी दिदै उहाँले यो गितलाई सबैले हेरेर मन पराई अझै अगाडी बढ्नमा सल्लाह सुझाव र हौसला दिनुहुन्छ भन्ने मा आफू विस्वस्त रहेको बताउनुभयो ।

(गितको भिडीयो हेर्न तल दिएको लिंकमा क्लिक गर्नुहोस् )

“चल्यो हावा चल्यो”बोलको यो गित हिम सम्झौता डिजीटलको प्रस्तुतीमा रहेको छ । यो गितको शब्द संगित भुवन भट्टराईले गर्नु भएको हो । जुन गितमा चर्चित गायिका टिका पुन र भुवन भट्टराईले स्वरबद्ध गर्नु भएको छ ।

मौसम हिमालीको निर्देशकमा रहेको यो गितको म्युजिक भिडियोको छायांकन हरिष महराले गर्नु भएको हो,भने गितको एरेन्जर गायक केशब बडुले गर्नुभएको हो । जुन गितको अभिनयमा धुर्व हिमाली र ममता राना मगरको रहेको छ ।

आगामी दिनमा नेपाली गित संगितको क्षेत्रमा यो गितले बढी भन्दा बढी चर्चा बटुल्न सकोस् यहाँको साँगितिक यात्रा सफल र शुभ रहोस् हाम्रो बिहानी अनलाई परिवारको तर्फबाट यहि छ शुभकामना साथै गितले लाखौं लाख दर्शकको मन जितोस् भन्दै हार्दिक शुभेच्क्षा पनी प्रकट गर्दछौं ।