क्याम्पस स्तरीय भलिबल प्रतियोगिताको उपाधी कलेज अफ म्यानेजमेन्टले चुम्यो

नेपालगन्ज,चैत्र,१३-
त्रिभुवन विश्व विद्यालयको अांगिक क्याम्पस महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जमा अखिल क्रान्तिकारी म -ब- क्याम्पसमा समिति र अनेरास्ववियुकाे संयुक्त अायाेजनामा ४ दिनसम्म चलेकाे बाँके जिल्ला क्याम्पस स्तरीय भलिबल प्रतियोगिता उपाधी नेपालगन्जको कलेज अफ म्यानेजमेन्टले चुमेको छ ।

चैत्र १० गते देखि चलेको भलिवल प्रतियोगितामा अाज फाईनल खेल खेलाईएको थियोे । अाजको अन्तिम खेलमा प्रथम स्थान कलेज अफ म्यानेजमेन्ट , द्वितीय स्थान बागेश्वरी बहुमुखी क्याम्पस कोहलपुर र तृतीय स्थान महेन्द्र बहुमुखी क्याम्पसले हासिल गरेको थियोे ।

अाज एक कार्यक्रम काे बिचमा समापन समारोह अायाेजना गरि फाईनल खेल र पुरस्कार बितरण गरिएको थियोे । समापन समारोह काे अध्यक्षतामा अखिल क्रान्तिकारी महेन्द्र बहुमुखी क्याम्पसका ईकाई अध्यक्ष नमराज योगी, प्रमुख अतिथिमा अखिल क्रान्तिकारीका केन्द्रीय सचिव नारायण खनाल ,बिशिस्ट अतिथिमा अनेरास्ववियु केन्द्रीय सचिवालय सदस्य सुर्य राेकाया केन्दिय सचिवालय सदस्य, अतिथिहरुमा अनेरास्ववियु बाँकेका अध्यक्ष मोहित शाह, सचिव टेकेन्द्र मल्ल, अखिल क्रान्तिकारीका बाँके संयोजक सुरेन्द्र जंग शाही , महेन्द्र बहुमुखी क्याम्पसका ईकाई उपाध्यक्ष लोकेश शाही , अनेरास्ववियुका नेता प्रकाश शाही , लगायत क्याम्पसमा अध्यापन गराउने हुने प्राध्यापकहरु रहेका थिए ।

उक्त प्रतियोगिता प्रथम, द्वितीय र तृतीय हुनेलाई पुरस्कार राशि क्रमश ३००००,१५००० र १०००० तथा मेडल र प्रमाणपत्र प्रदान गरिएको थियोे । यसै गरी कार्यक्रम लाई सहयाेग गर्ने ग्रेस ईन्टनेशनल र नेपालगन्ज उपमहानगरपालिका लाई पनि प्रशंसा पत्र सहित सम्मान गरिएको अखिल क्रान्तिकारीका ईकाई अध्यक्ष नवराज योगीले बताए । उक्त समापन समारोह कार्यक्रम सञ्चालन प्रकाशमान सिंहले गरेका थिए ।