हिसानकप अन्तर्गत फुटबल प्रतियोगिताको उपाधी आदर्श माबि नेपालगन्जलाई

नेपालगन्ज,चैत्र,१३-
निजि विद्यालयको संगठन हिसान बाँके बर्दियाको आयोजनामा नेपालगन्जमा बुधबार सम्पन्न हिसानकप अन्तर्गत फुटबल प्रतियोगिताको उपाधी आदर्श मावी नेपालगन्जले चुम्न सफल भएको छ।

प्रथम उपाधिको लागि आदर्श माबी नेपालगन्ज र बाँके शिक्षा माबिबिच प्रतिस्पर्धा भएको थियो। खेल अवधिभर आदर्श र बाँके शिक्षाले १-१ गोल गरि बराबरी भएका थिए।

पेलान्टी पाए पछि आदर्शले बाँके शिक्षालाई ४-३ गोलले हराउँदै प्रथम स्थान हाँसिल गर्न सफल भएको हिसान कपका प्राबिधिक संयोजक सानू तामाङले बताए।

यस संगै हिसानकपका सम्पुर्ण खेल सकिएको र बिजेता टिमहरुलाई चाँडै एक विशेष कार्यक्रमको आयोजना गरि पुरस्कार बितरण गरिने आयोजक टिमले जनाएको छ।