अज्ञात समूहको गोली लागि बुटवलमा एकजनाको मृत्यु

बुटवल ,चैत्र ,१४-
बुटवल उपमहानगरपालिका वडा नं. १ गढि टोलमा अज्ञात समुहले चलाएको गोली लाग्दा बुधबार एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा भारतिय नागरिक फिरोज खान रहेको बुटवल प्रहरीले पुष्टि गरेको छ ।

खानको छातीमा गोली लागेको बताइएको छ । उनको शव लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा राखिएको बताइएको छ ।

घटना घटे लगत्तै प्रहरीले बुटवल नाका सिल गरी सुरक्षा जाँच कडा बनाएको छ । घटनाका बारेमा थप अनुसन्धान भइरहेको बुटवल प्रहरीले बताएको छ