राजपा का सहमहामन्त्री मिश्रद्वारा पार्टी परित्याग

बाँके,असोज,२३-

राष्ट्रिय जनता पार्टी (राजपा) का सहमहामन्त्री रहेका बाँकेका पशुपतिदयाल मिश्र पार्टी छोडेर स्वतन्त्र भएको केही दिनमै बाँके क्षेत्र. न २ बाट सुर्य चिह्नमा चुनावी मैदानमा उत्रिने निर्णयमा पुगे । तीनजना बाहलवाला संसादलाई सिफारिस सुचीमा नपारेको एमाले बाँकेले मिश्रलाई भने एकल उम्मेदवाका रुपमा अघि सारेको छ ।

मिश्रलाई उम्मेदवार बनाउनु एमालेको बाध्यता होला त्यसले भुईचाले भने राजपा ल्याएको छ । ५ नम्बर प्रदेशको तराई क्षेत्र नवलपरासीदेखि बाँकेसम्म राजपाभित्र थुप्रै ठाउँमा यस्तो भुईचालो गएको छ, जसको कम्पनले समग्र प्रदेशको राजनीतिलाई तरंगित बनाएको छ ।, यो खबर आजको नागरिक दैनिकमा छ ।