एमाले–माओवादी गठबन्धनमा बाबुराम भट्टराई पनि सामेल

काठमाण्डौं,असोज,१७-

पार्टी एकता गर्नेगरी चुनावी तालमेलको तयारीमा लागेका एमाले र माओवादीसँग नयाँ शक्ति नेपाल पार्टी पनि सहभागी भएको छ। नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराईले एमाले अध्यक्ष केपी ओलीलाई उनकै निवासमा भेटेर छलफल गरेपछि भट्टराई तालमेल र एकता प्रक्रियामा सहभागी हुने भएका हुन्।

भट्टराईले ओलीलाई बालकोट पुगेर भेटेपछि सिंहदरबारमा तीन दलका नेताबीच छलफल सुरु भएको भट्टराईका सचिव विश्वदीप पाण्डेले जानकारी दिएका छन्।

आजै पाँच बजे एमाले र माओवादीबीच तालमेलका बारे जानकारी दिन राष्ट्रिय सभागृहमा संयुक्त पत्रकार सम्मेलन आयोजना गरिएको छ।नेपालखबरबाट