तेस्रो तेन्जीन ल्याड्स कप : फेब्रुअरी १६ मा हुने

फुकुओका,जापान,माघ,१०-

जापानको फुकुओकामा फेब्रुअरी १६ तारखि अर्थात फाल्गुन ४ गते शनीबारका दिन फुटसल प्रतीयोगीता हुने भएको छ । तेन्जीन ल्याड्सको आयोजनामा तेस्रो तेन्जीन ल्याड्स कप फुटसल प्रतीयोगीता २०१९ हुन लागेको हो ।

तेन्जीन ल्याड्सले यस भन्दा पहिलेका वर्षमा २ वटा टुर्नामेन्ट सफलता पुर्वक सम्पन्न गरिसकेको छ । सोहि अबसरमा विगतका वर्षहरुमा जस्तै यस वर्ष पनी आफूहरुले तेस्रो तेन्जीन ल्याड्स कप टुर्नामेन्ट गर्न लागेको आयोजकले बताएको छ  ।

उक्त प्रतीयोगीतामा विजयी हुनेलाई २ लाख २२ हजार २ सय २२ जापानीज एेन सहित ट्रफि मेडल पुरस्कार रहेको छ, भने दोस्रो हुनेलाई १ लाख ११ हजार १ सय ११ ऐन र ट्रफि मेडल रहेको छ । 

यस्तै प्रतीयोगीताबाट उत्कृष्ट खेलाडी, उत्कृष्ट गोल किप्परलाइ ट्रफि मेडल पुरस्कार रहेको आयोजकले जनाएको छ । खेल शनीबार बिहान १० बजेबाट फुकुओका केनको माचुसिमा खेल मैदानमा संचालन हुनेछ।उक्त प्रतीयोगीतामा सहभागी हुन चाहाने टिमलाई आयोजकले टोकेको दर्ता शुल्क ३५,००० मा  टिम दर्ताको लागी आह्वान पनी गरेको छ ।