नेपाल टेलिभिजनको कोहलपुर प्रशारण सुभारम्भ

कोहलपुर,माघ १७-करिव दुइ दशक अघि क्षेत्रिय प्रशारण हुदै आएको नेपाल टेलिभिजनको कोहलपुर प्रशारणको सोमबार काठमाडौंमा एक औपचारिक कार्यक्रमको आयोजना गरी प्रशारण सुभारम्भ गरीएको छ । नेपाल टेलीभिजनको केन्द्रीय प्रशारण केन्द्र काठमाडौबाट प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एक कार्यक्रम बिच प्रशारणको शुभारम्भ गर्नुभएको भएको क्षेत्रीय प्रमुख विजय बर्माले जानकारी दिनुभयो ।

आज सोमवार दिउँसो ११ः३० बजे प्रधानमन्त्री दाहालले काठमाडौ स्टुडियोबाट प्रशारणको शुभारम्भ गर्ने तय भएको जानकारी दिँदै बर्माले, भूसतही प्रणाली र भूउपग्रह प्रणाली मार्फत टेलिभिजन संचालन हुने तयारी भएको बताउनुभयो । पहिला एन्टिना मार्फत गाउँ गाउँमा टिभी हेर्ने ब्यवस्थालाई निरन्तरता दिँदै सेटलाइट मार्फत विश्वभरि नै प्रशारण हुने ब्यवस्था मिलाइएको बर्माले बताउनुभयो ।

 टेलिभिजनको आगामी बैशाख सम्म परीक्षण प्रशारण हुने छ । टेलिभिजन मार्फत स्थानीय कला संस्कृति, पर्यटनका साथै क्षेत्रीय स्तरका मुद्दामा टिभीले काम गर्ने बताउँदै प्रमुख बर्माले थारु, अवधी, उर्दु, डोटेली लगायत स्थानीय भाषाका कार्यक्रम उत्पादन र प्रशारण गरि स्थानीयहरुको रुझान टिभी प्रति गराइने बताउनुभयो । बर्षौदेखि कोहलपुरबाट नेपाल टेलिभिजनको पुनः क्षेत्रीय प्रसारणका लागि गरिएको प्रयास आज सफल भएको हो ।