पत्रकारले न्युनतम पारिश्रमीक पाउनुपर्छ

न्युनतम पारिश्रमिक लागु गर्न चुनौती भएकोले पत्रकार एक जुट हुनुपर्ने केसीको भनाई

मधुपौडेल

बाँके,जेठ,१९-

अवका दिनमा मिडियाहरुलाई आर्थिकरुपमा सवल बनाउर्दै न्युनतम पारिश्रम अनुसार पत्रकारलाई पारिश्रमीक दिनु पर्ने एक कार्यक्रममा बताइएको छ । न्युनतम पारिश्रमि निर्धारण समितिका वर्तमान अध्यक्ष पोषण केसीले श्रमजीवी पत्रकार सम्वन्धी ऐन कार्यान्यवनको अवस्थामा विषयका बाँकेमा भएको एक अन्तरक्रिया कार्याक्रममा सो कुरा बताएका हुन ।

पत्रकार महासंघ बाँकेको समन्वयनमा आयोजित उक्त अन्रक्रियाकार्यक्रमका प्रमुख अतिथिका रुपमा रहेका केसीले पत्रकार आफु पनि व्यवसायीक हुन पर्ने कुरामा जोड दिएका थिए ।

कार्यक्रममा बोल्दै अध्यक्ष केसीले न्युनतम पारिश्रमिक लागु गर्नका लागि निकै चुनौतिहरु भएकोले पत्रकारहरु एक जुट भएर लाग्नु पर्ने बताएका थिए । उनले पत्रकारको तलब मात्र कार्यान्वयन गराउने भन्दा पनि अन्य कुराहरु पनि रहेका हुदाँ सबैलाई आफुहरुले गम्भिरताका साथ हेरेका बताए ।

अध्यक्ष केसीका अनुसार वार्षिक रुपमा सरकारले पाच सय देखी छ सय करोड सम्मको विज्ञापनको लागि वजेट छुट्टाउने गरे पनि केही सिमित मिडियाहरुको यसमा हाली मुलाही भएका हुदा स्थानिय मिडियाहरुमा सो रकम ल्याउन नसकि रहेको भए पनि समानुपातिक विज्ञापनको प्रणाली लागु हुने कुरामा आफुहरु ढुक्क हुन पनि पत्रकारहरुलाई बताएका थिए ।

कार्यक्रममा बोल्दै अध्यक्ष केसी मिडियाहरुलाई आर्थिक रुपमा सवल बनाउनु पर्ने तथा श्रमजीवी पत्रकारको पारिश्रमिक लागु गर्नु पर्ने बताए । अध्यक्ष केसीले भने,“ अवको साउन देखी समानुपातिक विज्ञापन प्रणाली लागु हुने र हिजो दिनमा जस्तो पत्रकारको लागि बनाइनी रातो कार्ड प्राप्त गर्नका लागि मिडियाहाउसले श्रमजीवी न्युनतम पारिश्रमिक उल्लेखीत पारिश्रमिक प्रदान गरेको बैकको कागजी दस्तावेज सहित पेश गर्नु पर्ने छ ,”।

केसीले शुद्धीकरणको सवालमा आज पनि ५००० मात्र व्यवसीयक पत्रकार भएको हुदाँ ,व्यवसायीक पत्रकारले पाउने सुविधा तथा अधिकारको अन्यले प्रयोग गरेको बताएका थिए । नेपाल पत्रकार महासंघ बाँके शाखाका अध्यक्ष ठाकुर सिंह थारुको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा सहभागिहरुले विभिन्न प्रतिक्रियहरु दिएका थिए ।

कार्यक्रममा प्रतिक्रिया दिदै पत्रकार महासंघ बाँके शाखाका निर्वतमान अध्यक्ष रुद्र सुवेदीले पत्रकारहरुले आफुले आफ्नो स्तर बढाउनु पर्ने बताएका थिए । यसै गरी सामुदायिक रेडियो प्रशारण संघका पुर्व कोषाध्यक्ष तुला अधिकारीले बाँके सवालमा कुनै पनि पत्रकारलाई न्युनतम पारिश्रमिकका लागि समस्या नभएको वताएका थिए ।

कार्यक्रममा वरिष्ट पत्रकार शिव डोटेल , पत्रकार महासंघका सदस्य प्रज्जल श्रेष्ठ, पे्रस सेन्टर बाँकेका अध्यक्ष डट धिताल, वर्दिया जिल्लाा पुर्व अध्यक्ष श्रीराम सिग्देल , साप्ताहिक संजालकी बाँके अध्यक्ष अक्षरी पोख्रेल , पर्यटन पत्रकार संघ बाँके शाखाका सचिव मधु पौडेल लगायत प्रतिक्रियालाई दिएका थिए ।