ओलीको पार्टी एमालेले माधव नेपालको पार्टी समाजवादीलाई महाधिवेशनमा नबोलाउने

काठमाण्डौं,कार्तिक,१७-नेकपा एमालेले आफ्नो १०औं महाविधेशनमा अतिथिका रूपमा नेकपा एकीकृत समाजवादीलाई नबोलाउने भएको छ। 

महाधिवेशनबारे जानकारी दिन आज बुधबार आयोजित पत्रकार सम्मेलनमा एमालेका सचिव एवंम प्रचार विभाग प्रमुख योगेशकुमार भट्टराईले पार्टीको १०औं महाधिवेशनमा अन्य राजनीतिक दललाई निमन्त्रणा गरिने तर माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीलाई नडाकिने बताउनुभयो ।

“उहाले भन्नुभयो” एकीकृत समाजवादी पार्टी आफुहरुको पार्टीबाट फुटेर गएको र उक्त राजनीतिक दलको पहिचान स्पष्ट छैन। अवैध तरिकाबाट बनेका पार्टी छन्। अवैधानिक सम्बन्धबाट बनेका पार्टीलाई सहभागी नगराउने बताउनुभयो ।

उहाँले अरू राजनीतिक दलहरूलाई भने अतिथीका लागी निम्तो दिने बताउनुभयो ।

सहभागी हुन्छन्।’