अाँखा फुटाएर अस्पतालमा अाउने बिरामीको सङ्ख्यामा वृद्धि

के-पी- घिमिरे/
नेपालगन्ज,जेष्ठ,२४-
गाउँ घरमा खेल्दा खेल्दै वा एकले अर्कोलाई जिस्किएर घरेलु हतियार प्रयोग गरी अाँखा फुटाई अस्पतालमा अाउने बिरामीहरुको सङ्ख्यामा बृद्दि भएको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जका अाँखा रोग विशेषज्ञ डा-बिक्रम थापाले बताउनु भएको छ ।

घरमा बुबा अामा नभएको बेलामा केटाकेटीहरु लड्दा घरेलु हतियार जस्तै चक्कु, हँसिया, पढ्न बस्दा पेन्सिलले अाँखा गोभेर, लट्ठीले घोचेर अधिकांश बालबालिका अस्पतालमा अाउने गरेको उहाँले बताउनु भयो । यसरी एउटा अाँखा घोचेर अस्पतालमा अाएका बिरामीको तुरुन्त शल्यक्रिया गरिएन भने एक दुई वर्ष पछि अर्को अाँखा पनि बिग्रने डा-थापाले बताउनु भयो ।

यसरी अाउने बिरामीहरुमा धेरै जसो केटाहरु रहेका उहाँले बताउनु भयो । कोहलपुर नगरपालिका वार्ड नं ६ बस्ने दिपा रानाको १० बर्षको छोरा सुशान्त राना बुबा अामा घरमा नभएको बेलामा घरमा खेल्दा काठले घोचेर एउटा अाँखा फुटाएर अस्पताल ल्याएको उनले बताईन ।

डा- थापाले शल्यक्रिया गरी अहिले उपचार चलिरहेको सुशान्तको अामा दिपाले बताउनु भयो। यो महिनामा यस्ता खाले बिरामीहरु ३० जना अाएका मा २७ जनाको सफल भएको र ३ जनाको एउटा अाँखा बिग्रेको र अर्को ठीक भएको डा-थापाले बताउनु भयो । यसरी अाँखा फुटाउनेको शल्यक्रिया बाट उपचार मध्य तथा सूदुर पश्चिममा नेपालगन्ज मेडिकल कलेज नेपालगन्जमा मात्र भएको डा- थापाले बताउनुभयो ।