दुई मन्त्रालय सहित फोरम सरकारमा सहभागी : उपेन्द्र बने स्वास्थ्यमन्त्री

नवनियुक्त मन्त्रीको सपथ अपराह्न ५ बजे शीतल निवासमा हुने

 काठमाडौं,जेठ,१८-

संघीय समाजवादी फोरम नेपाल दुई मन्त्रीसहति सरकारमा सहभागी भएको छ। फोरम सरकारमा सहभागी भए संगै प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिपरिषद् विस्तार गर्नु भएको हो ।

 

प्रधानमन्त्री ओलीले फोरम अध्यक्ष उपेन्द्र यादवलाई स्वास्थ्यमन्त्री र मोहम्मद इस्तियाक राइन शहरी विकासमन्त्री बनाउनु भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा यादव र राइनलाई मन्त्री नियुक्त गर्नुभएको हो ।नवनियुक्त मन्त्रीको सपथ अपराह्न ५ बजे शीतल निवासमा हुनेछ । हालै मात्र नेकपा र फोरमबीच आपसी सहमतिका आधारमा संविधान संशोधन गर्ने सहमति भएको थियो ।