ओखलढुंगा एकता सेवा समाज मलेसियाको दोश्रो अधिबेशन क्वालालम्पुरमा सम्पन्न

दिनेश खड्का खप्तडी,

मलेसिया,असार, १२-

ओखलढुंगा एकता सेवा समाज मलेसियाको दोश्रो अधिबेशन मलेसियाको राजधानी क्वालालम्पुर स्थित धरहरा रेस्टुरेन्ट सभाहलमा नया नेतृत्व चयन गर्दै सम्पन्न भएको छ ।

समाजका अध्यक्ष हिराबहादुर थापाको सभापतित्वमा सम्पन्न भएको अधिवेशनका प्रमुख अतिथि दलित एकता सेवा संन्जाल मलेसिया(NCC)का कोषाध्यक्ष हुनुहुन्थ्यो भने बिशिष्ट अतिथि तेह्रथुम जनसम्पर्क मंच मलेसियाका प्रमुख डम्बर घदाइली रहनुभएको थियो। अधिबेशनको विधिअनुसार प्रमुख अतिथिबाट उदघाटन गरिएको थियो ।

अधिबेशनमा विभिन्न संघ संस्थाका प्रतिनिधि ,राजनैतिक दल,प्रत्रकार लगायत ओखलढुंगा घर भई मलेसिया आएका नेपालीहरुको उत्साहजनक सहभागिता रहेको थियो ।

संस्थाको प्रमुख सल्लाहकार मोहन घिमिरेले आफ्नो अथितीको आसनबाट बोल्दै ओखलढुंगा एकता सेवा समाजले सम्पुर्ण ओखलढुंगा बासिलाइ एकीकृत गर्दै सोरोजगार मुलक कार्यक्रम गरि संस्थाले नेतृत्व गरी स्वदेशमै फर्केर युवाले कार्य गर्न संस्थाले सहकार्यको भुमिका निभाउनु पर्नेमा जोड दिनु भयो ।

त्यस्तै संस्थाको सल्लाहकार दिपक पौडेलले फजुल खर्च बापत जगेडा गरि संस्थालाई सहयोग गर्नुहुन सबै लाई आग्रह गर्दै संस्थाले पारदर्शी रुपमा सेवा गर्ने बताउनु भयो। त्यसैगरी संस्थाले तोकेको कार्य सम्पन्न गर्न गराउन सम्पुर्ण कार्यसमितिका नव गठित कार्यसमिति जुझारु हुन आवश्यक रहेको बताउनु भयो ।

संस्थाको सचीव नबराज गौतमले बिगतको कार्यसमितिले गरेका राम्रा कार्यलाई आत्म साथ गर्दै नकारात्मककार्यलाई सुधार गर्दै अगाडि बढ्ने प्रतिवद्धता सहित संस्थाले नेपालमा गएका सदस्यहरुलाइ थोरै सक्रियता देखाउन आग्रह गर्ने भन्दै संस्थाको विधि बिधान लाई पहिलो प्रथामिकता दिने र सोही अनुरुप कार्ययोजना तयार गर्ने बताउनु भयो।

शिबकुमार घिमिरेले संस्थाको आयव्यय प्रस्तुत गर्नु भएको थियो भने सदस्य बिष्णु रिजालले विभिन्न गितहरु गाएर अधिबेसन अवधि भर मनोरञ्जन दिनुभएको थियो। अधिवेसनले आगामि दुई बर्ष कार्यकालको लागि हिराबहादुर थापाको नेतृत्वमा १५ सदस्य केन्द्रीय कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।

जसमा संरक्षकमा शिबकुमार घिमिरे प्रथम उपाध्यक्षमा हिरालाल दयाल,द्दितिय उपाध्यक्षमा रुद्र दर्नाल, सचीवमा श्री नबराज गौतम स-सचीवमा बिष्णु रिजाल कोषाध्यक्षमा रिद्दी अधिकारी सह-कोषाध्यक्षमा दावा शेर्पा सदस्यहरु मोहन बंजन, निर्मल गौतम, दिपक के. शि,ज्ञान महत,बिकेन्द्र बि. क,टिकाराम मगर, कुमार श्रेष्ठ, सुबास श्रेष्ठ रहेका छन ।

त्यसैगरी प्रचार-प्रसार प्रमुखमा नबराज खत्री भट्टराई लाई जिम्मेवारी दिइएको छ । सल्लाहकारहरुमा मोहन भुपाल,कार्की, राज कुमार सुनुवार, राम राई, इन्द्र सुनुवार,राज मोक्तान,तिर्थ मोक्तान, कानुनी सल्लाहकारमा दिपक पौडेल रहेको जानकारी नबराज खत्री भट्टराईले दिएका छन् ।