को बन्ला नेपालगञ्जको मेयर ?

अधिकांस मतदाता कनोडियाको पक्षमा

नेपालगन्ज, असार,११-

स्थानीय तह निर्वाचनको पुर्व सन्ध्यामा नेपालगन्जका मतदाता यतिबेला मैदानमा उत्रिएका उम्मेदवारको योग्यता र क्षमताको विश्लेषण गरिरहेका छन् । नेपलागन्जका सडक, गल्ली, चोक, चियापसल लगायत स्थानमा मतदाताहरुको यिनै विषयमा चासो रहेको देखिन्छ ।

नेपालगन्ज उपमहानगरपालिकाको मेयर र उपमेयरमा योग्य र सक्षम व्यक्तिलाई जिताउने आम मतदाताको तयारी छ । भाषण भन्दापनि काम गरेर देखाउन सक्ने क्षमता बोकेका उम्मेदवारलाई जिताउने यहाँका मतदाताहरु बताउछन् । उपमहानगरपालिकाको भावी मेयरका रुपमा नेपाली कांग्रेसले डा. सुरेशकुमार कनोडिया र उपमेयरमा उमा थापामगरलाई मैदानमा उतारेको छ । यि दुबै नेपालगन्जका चर्चित व्यक्तित्व हुन् ।

कनोडिया र उमाले चुनाव जित्न सक्ने थुपै्र आधारमा नै कांग्रेसले सर्वसम्मत रुपमा अगाडी सारेको हो । उनीहरुको योग्यता र क्षमतालाई मुल्याँकन गरेर पार्टीले उम्मेदवार बनाएको नेपाली कांग्रेस नेतृत्वले प्रष्ट्याइसकेको छ । बाँकेमा मेडिकल कलेज स्थापना गरेर मध्य र सुदुरपश्चिम क्षेत्रबासीलाई स्वास्थ्य सेवाको पहु“चमा पु¥याउन कनोडियाको ठुलो योगदान छ ।

स्वास्थ्य सेवाको माध्यमबाट समाजसेवामा सक्रिय रहेका कनोडिया भाषण भन्दा काममा बढी विश्वास गर्छन् । यसपटकको चुनावमा मतदाताले व्यक्तिको क्षमता हेरेर भोट दिने सम्भावना भएकाले कनोडियाले बढी भोट पाउन सक्ने राजनीतिक विश्लेषण छ ।

नेपालगन्ज उपमहानगरपालिका क्षेत्र पुर्वप्रधानमन्त्री स्वर्गिय सुशिल कोईरालाको गृहनगर भएका हुनाले स्वभाविक रुपले यहाँ नेपाली कांग्रेसको संगठन तल्लो तहसम्म सक्रिय छ ।नेपालगन्ज अन्तर्गत पर्ने क्षेत्र नम्वर ३ बाट सभासदमा निर्वाचित भएका कोईरालाले देशलाई संविधान दिएको हु“दा यहा“का मतदातामाझ कांग्रेस लोकप्रिय देखिन्छ ।

क्षेत्र नम्वर ३ को चुनावमा प्रायः निर्णायक हुने मुस्लिम र मधेसी भोट तान्न उम्मेदवारले हर सम्भव प्रयास गरिरहेका छन् । यद्यपी नेपालगन्जको मुस्लिम र मधेसी भोट यसपटक विभाजित हुने कतिपयको आंकलन छ । मुस्लिम समुदायबाट दुई जना मेयरमा उम्मेदवार छन् ।

यहाँ तुलनात्मक रूपमा पहाडी समुदायका मतदाता बढी कट्टर मानिन्छन् । उनीहरू राजनीतिक विचार र उम्मेदवारको व्यक्तित्वलाई बढी प्राथमिकता दिन्छन् । तर मधेसी र मुस्लिम समुदायले दल भन्दा व्यक्तिको क्षमता र योग्यताको मुल्यांकन गर्ने परिपाटी छ ।

मुस्लिम र मधेसी समुदायलाई समानुपातिक प्रतिनिधित्व गराउनमा कांग्रेसले बढी लचकता देखाएका कारण यि समुदायको भोट उपमहानगरपालिकाको चुनावमा कांग्रेसलाई आउने अनुमान धेरैको छ ।

नेपाली कांग्रेसले नेपालगन्जबाट दोस्रो संविधानसभा निर्वाचनमा मुस्लिम समुदायको तर्फबाट अब्दुल हमिद सिद्धिकी(भोला) र सरवत आरा खान तथा मधेसी समुदायबाट बादशाह कुर्मी र मैकुलाल बाल्मिकीलाई समानुपातिक सभासद बनाएको थियो । विद्यार्थी राजनीतिबाट यात्रा थालेकी थापा आदिवासी जनजातिको समेत प्रतिनीधीत्व गर्छिन् ।

उमा समाज सेवा र पत्रकारितामा समेत आफुलाई स्थापीत गरेकी पात्र हुन् ।स्वास्थ्य सेवामा विशिष्ठ योगदान पु¥याएका कनोडिया मधेशी समुदायको प्रतिनीधीत्व गर्नु हुन्छ । ठुलो पार्टीको सफल र परिचीत व्यक्तित्वका कारण पनि डा कनोडियाका पक्षमा मतदाता जाने प्रवल सम्भावना छ ।

उपमहानगरपालिकाको मेयर पदमा एमालेबाट समसुद्धिन सिद्धिकी, माओबादी केन्द्रबाट दामोदर आचार्य, राप्रपाबाट डा. धवलसमशेर राणा, संघिय समाजवादी फोरम नेपालबाट कमरुद्धिन राई, नेपाल लोकतान्त्रिक फोरमबाट ऋतु शाही, राष्ट्रिय जनमोर्चाबाट कृष्णराज पाण्डे, एकिकृत राप्रपा(राष्ट्रवादी)बाट कृष्णप्रसाद खरेल मैदानमा छन् ।

पुर्व मेयर डा राणाले विकासे काम आफुले गरेको दावी गरिरहेपनि का“गे्रसका पुर्व मेयर विजय गुप्ताकै योजनामुताविकका मात्र काम भएको प्रमाण भेटिन्छ । निर्वाचन आयोगको तथ्यांक अनुसार नेपालगन्ज उपमहानगरपालिकाको कुल २३ वटै वडाको मतदाता संख्या ६२ हजार ३ सय ९६ रहेको छ ।

यसमध्ये ३३ हजार ३ सय ७६ पुरुष र २९ हजार २० जना महिला रहेका छन् । कुल मतदाता संख्याको झण्डै ५० प्रतिशत जनसंख्या मुस्लिम र मधेसी समुदायको रहेको अनुमान गरिन्छ । साविकको १७ वटा वडामा सिमित रहेको नगरपालिका भन्दा उपमहानगरपालिका भइसकेपछि मतदाता संख्या अहिले दोब्बर बढी भइसकेको छ ।