भोलि पत्रकार र आयोजक टिम विच मैत्रीपुर्ण फुटबल प्रतियोगिता

नेपालगन्ज, फागुन,३-
भोलिदेखि नेपालगन्जमा प्रथम जुमा अन्तरव्यवसायी फुटबल प्रतियोगिता २०७५ हुने भएको छ ।
शनिवारदेखि हुने प्रथम जुमा अन्तरव्यवसायी फुटबल प्रतियोगितामा आयोजक टिम र पत्रकारको टिम अतिथि मैत्रीपुर्ण फुटबल खेल्ने आयोजकले जनाएको छ ।

जुमा स्पोर्टस् क्लवको आयोजनामा हुन लागेको अन्तरव्यवसायी फुटबल प्रतियोगितामा ८ टिमको सहभागिता रहेको छ । खेलकुदको माध्यमबाट व्यक्ति शारीरिक रुपले स्वस्थ रहने र स्वस्थ नागरिकले जिवनका हरेक क्रियाकलापमा विकास गर्न सक्ने भएको हुनाले हरेक नागरिक खेलकुद प्रति लाग्न पर्ने जरुरी रहेको आयोजक समितिका संयोजक भिम बहादुर रानाभाटले जानकारी गराउनुभयो ।
उद्योगी व्यवसायीहरुको खेलप्रतिको अभिरुचीलाई निरन्तरता दिदै यसलाई अझै संस्थागत रुपमा विकास, विस्तार र व्यवसायीकरण गर्र्दै जाने उद्देश्यका साथ जुमाले हरेक बर्ष यस्तै खेल आयोजना गरिने जानकारी गराएको छ ।

खेलमा तयारी कपडा, व्याग, जुत्ता, चप्पल तथा खुद्रा व्यवसायी संघ नेपालगन्ज, अटो मोवाईल व्यवसायी नेपालगन्ज, नेपालगन्ज इलेक्ट्रीकल एशोसिएसन बाँके, कस्मेटिक तथा चुरा व्यवसायी संघ बाँके, नेपालगन्ज जुत्ता चप्पल व्यवसायी संघ बाँके, नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ बाँके , मदिरा व्यवसायी संघ बा“के र होटल व्यवसायी संघ बाँकेको सहभागिता रहेको आयोजक टिमका संयोजक रानाभाटले जानकारी गराउनुभयो ।

रानाभाटका अनुसार प्रथम हुने टिमलाई नगद रु १ लाख १ हजार १ सय ११ र द्वितिय हुने टिमलाई नगद रु ५१ ह्जार १ सय ११ रुपैया प्रदान गरिने जनाएको छ । खेलको उद्घाटन नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा. धवल शम्सेर रााणाले गर्नुहुने आयोजकले जनाएको छ ।