छोटो समयमा नै म्युजिक भिडियोको निर्देशन गर्दै चर्चामा बबिता श्रेष्ठ पुरी

babita Sherstha Puriकाठमाण्डौं,माघ २९-नेपाली गित संगितमा चर्चा कमाउन निकै गारो छ । त्यसमा पनि गित संगितमा म्युजिक भिडियोको निर्देशन गर्दा अझ कती सम्मको तनाव हुन्छ, त्यो पनि महिलाले, हो ,गरे के हुन्न र, भन्ने भनाईलाई चित्रण गदै ललितपुरको पुल्चोकमा वि.सं २०४६ मा जन्मनु भएका बबिता श्रेष्ठ पुरी ले छोटो समयमा नै नेपाली गित संगितको भिडमा आफूलाई उभ्याउन सक्नु भएको छ ।

उहाँले गरेका विभिन्न लोक गितहरुको म्युजिक भिडियो को निर्देशन गरेकै कारण उहाँ यो क्षेत्रमा फरक पहिचाहनका साथ छोटो समयमा नै उभिन सफल हुन भएको हो । उहाँले प्रदेशी चेली , नलाउ झुठो पिरती लगायतका दजर्नौ गित संगितमा गरेको म्युजीक भिडियोबाट नै चर्चामा आउनु भएको छ ।  उहाँले आफूलाई यो क्षेत्र मा लाग्न सफल हुने मा आफ्नो श्रीमान राजेन्द्र पुरी र भाइ अमन श्रेष्ठ को ठुलो हात रहेको बताउनु भएको छ ।

हाल दर्जन भन्दा बढी म्युजिक भिडियो निर्देशन गर्नु भएको पुरीले हाल सालै भिन्दै किसिमको र अहिले सम्म पनि नेपाली म्युजिक भिडियो नबनेको मार्मिक पन्चैबाजा गर्न सफल भएको बताउनु भएको छ । उहाँले भन्नुभयो गुरुआमा ( स्मृति तिमल्सिना ) पछि म्युजिक भिडियो निर्देशिका  दोस्रो म्युजिक भिडियो निर्देशन गर्ने महिला आफूनै भएको पनि बताउनु भएको छ ।

अहिले संगीत क्षेत्र मा राजेन्द्र पुरी बबिता पुरी भनेर चिन्न सफल् पनि हुनुभाको छ । उहाँका अनुसार यो क्षेत्र मा अगाडि बढाउन हौसला दिने आफ्नो श्रीमान राजेन्द्र पुरी र भाइ अमन श्रेष्ठ भएको बताउनु भएको छ । उहाँले भन्नुभयो म गायिका भन्दा नि म्युजिक भिडियो निर्देशन बन्नी सोच गरेको छु र अहिले बबिता श्रेष्ठ (पुरी ) एउटा् सफल निर्देशन महिला बनेर साङ्केतिक छेत्रमा देखाउने सोचले उभिएको बताउनुभयो ।

उहाँले आफ्नो श्रीमान् राजेन्द्र पुरीआफैंमा एउटा् सफल म्युजिकसेन भएकै कारणले आफू पनि यो लाईनमा सफल हुन सकेको बताउनु भएको छ । उहाँ लामो समय पछि को म्युजिक भिडियो निर्देशन अध्यान पछि आज आएर दुई दर्जन भन्दा बढी म्युजिक भिडियो मा आफ्नो काम देखाउन सफल महिला भएको जानकारी दिनुभएको छ ।