ब्राइटल्याण्ड कलेजमा स्वागत तथा बिदाइ कार्यक्रम सम्पन्न

नेपालगन्ज,फाल्गुन,१८-
नेपालगन्जको प्रतिष्ठित शैक्षिक संस्था ब्राइटल्याण्ड कलेजले   शनिबार     बिबिएस    प्रथम वर्ष,विएस डब्लु प्रथम वर्ष, बिएचएम ,बिआइएम प्रथम सेमेस्टरका विद्यार्थिहरुलाई स्वागत तथा बिबिएस चौथो वर्षका विद्यार्थीलाई बिदाइ गरेको छ।

बिबिएस तेस्रो वर्षका विद्यार्थी रबिन्द्र शाहिको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथी       स.प्र   भैरव बहादुर बिष्ट रहनु भएको थियो।

त्यस्तै अतिथिहरुमा ब्राइटल्याण्डका प्राचार्य भागवत पौडेल, लालमणी घिमिरे, डा. राजेस केसर खनाल,  अभिनिन्द्र मिश्र    लगाएत सम्पुर्ण शिक्षक शिक्षिकाहरु सङ्गै विशिष्ट व्यक्तित्वहरु रहनु भएको थियो।

कार्यक्रममा भैरव बहादुर बिष्टले शुभकमना मन्तव्य दिनु भएको थियो। साथै यसै कलेजका प्राचार्य पौडेलले यस कलेजले नेपालगन्जमै न्युनतम शुल्कमा अध्यापन गराइरहेको र अगामी दिनहरुमा यस कलेजको शैक्षिक गुणस्तरमा बृद्दी गर्दै अगाडि बढाउने बताउनु भयो।

कार्यक्रममा उत्कृष्ट नजिता ल्याउने विद्यार्थीलाई सम्मान तथा पुरस्कार बितरण गरिएको थियो। विद्यार्थीहरुले आफ्नो सांस्कृती प्रस्तुति समेत दिएका थिए।