इन्स्पाइरिङ्ग युथमा सडक बालबालिकाको विषयमा बहस

नेपालगञ्ज, फागुन,१८-
बासले गर्दै आएको इन्स्पाइरिङ्ग युथको १२५औं श्रृंखलामा सडक बालबालिकाको व्यवस्थापनका विषयमा छलफल गरिएको छ ।

नेपालगञ्जमा आज गरिएको प्यानल छलफलमा नेपालगञ्ज उपमहानगरपालिकाको महिला तथा बालबालिका शाखाकी प्रमुख शोभा शाह, जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रहरी सहायक निरिक्षक भिमराज ओली र रेडियो सद्भावका स्टेशन प्रमुख नवीन गिरीले आफ्ना पेशागत अनुभव सुनाउनुका साथै सडक बालबालिकाको व्यवस्थापनका विषयमा सहभागीले राखेका जिज्ञासाको जवाफ दिनुभएको थियो ।

शाहले सडक बालबालिकाको अवस्था, उद्दार, संरक्षण र व्यवस्थापनमा सरोकारवाला निकायको कर्तब्य र भूमिका, ओलीले सवारी साधनमा काम गर्ने बालबालिकाको अवस्था र गिरीले सडक बालबालिकाको व्यवस्थापनमा मिडियाको भूमिकाका विषयमा बोल्नुभएको थियो ।

बासका रविन्द्र बोहराले सहजीकरण गरेको कार्यक्रममा बाल तथा युवा अधिकारकर्मी लगायत अन्य बालबालिका तथा युवाहरुको सहभागिता थियो ।