नेपालगन्जको सनबिम माविले मनायो १७ औं बार्षिक उत्सव

नेपालगन्ज,फाल्गुन,१८-
शैक्षिक अभियानमा अनवरत रुपम खटिरहेको आदर्श ग्रुपद्वारा सञ्चालित नेपालगञ्जको धम्बोझीस्थित सनबिम माविले आज शनिवार१७ औं बार्षिकोत्सब एवम् अभिभावक दिवस मनाएको छ।

प्रदेश नम्बर ५ का प्रदेश सभा सदस्य सुरेन्द्र हमालले पानसको बत्ती बालेर उद्घाटन गर्नु भएको कार्यक्रममा सभापतित्वको आसन ग्रहन सनबिमका अध्यक्ष गिरिराज पौडेलले गर्नु भएको थियो।

त्यस्तै प्रमुख अतिथिमा खेलप्रेमी तथा प्रदेश नम्बर ५ का सभासद सुरेन्द्र हमाल, विशेष अतिथिमा नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल वैश्य र राष्ट्रिय सहकारी बैंक बोर्डकी सदस्य विजया धिताल रहनु भएको थियो।

कार्यक्रममा सभासद हमाललले विद्यार्थीहरुको अन्तरनिहित रुची, क्षमता र प्रतिभा पहिचान गरेर त्यसको विकासका लागि उत्पे्ररित गर्न अभिभावक र शिक्षकहरुलाई आग्रह गर्नुभएको छ । जिल्लाकै मात्र नभएर प्रदेश ५ कै उत्कृष्ट र नमुना विद्यालय बन्ने दिशामा अघि बढ्न सनबिमलाई उहाँले शुभकामना समेत दिनुभयो ।

विद्यालय प्रांगणमा आयोजित कार्यक्रममा राष्ट्रिय सहकारी बोर्डकी सदस्य विजया धितालले सर्वसुलभ र गुणस्तरीय शिक्षाका लागि विद्यालयले आफूलाई खरो उतार्न सक्नुपर्नेमा जोड दिनुभयो ।

नेपालगञ्जका अनुभवी र प्रतिष्ठित व्यक्तिहरुले सञ्चालन गरेको सनबिममा आफ्ना बालबालिकालाई ढुक्कसंग भर्ना गर्न उहाँले सुझाब पनि दिनुभयो ।

सनबिमका प्रमुख कार्यकारी निर्देशक डा.राजकुमार सुवेदीले आदर्श ग्रुपले सञ्चालन गर्न थालेको करिब एक बर्षको अवधिमा विद्यालयमा भएका गतिविधि र प्रयासबारे जानकारी गराउँदै आगामी दिनमा सनबिमलाई जिल्लाकै उत्कृष्ट विद्यालयको रुपमा स्थापित गर्ने दृढता व्यक्त गर्नुभयो ।

पढाईका अलाबा विद्यार्थीहरुको व्यक्तित्व विकास र उत्प्रेरणाका लागि अतिरिक्त क्रियाकलापमा जोड दिएको बताउँदै उहाँले आफ्ना बालबालिकाको पढाई र रुचीप्रति चासो राख्न अभिभावकहरुलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा आदर्श मावि तथा नेपालगन्ज मल्टिपल क्याम्पसका प्रमुख निर्देशक ईश्वर प्रसाद पोखरेलले अभिभावक र विद्यालय बीचको सहकार्य र सुमधुर सम्बन्धबाट विद्यालयलाई उत्कृष्ट बनाउन सकिने भन्दै आफ्ना बालबालिकाको रुची र क्षमताको पहिचान गरी त्यस अनुरुप अघि बढ्न सहयोग गर्नुपर्नेमा जोड दिनुभएको थियो ।

कार्यक्रममा अभिभावकका तर्फबाट निरक गुरुङ्ग र माया पुरी, हाँस्य कलाकार बान्द्रे लगायतले बोल्नुभएको थियो ।

आदर्श माविका अध्यक्ष सञ्जय थापा, एकेडेमिक डाइरेक्टर प्रकाश लामिछाने, नेपालगन्ज मल्टिपल क्याम्पसका प्रमुख थानेश्वर पाण्डे, नेपालगन्ज मल्टिपल क्याम्पसका सहायक क्याम्पस प्रमुख थमन केसी, आदर्श माविका प्राचार्य बिरभान केसी लगायतका व्यक्तित्व उपस्थित कार्यक्रममा विद्यार्थीहरुले नै तयार पारेका खानाका विभिन्न परिकारसहितको स्टल राखिनुका साथै उनीहरुद्वारा प्रस्तुत नृत्य, गायन, फेशन शो लगायतका प्रस्तुति देखाइएको थियो ।